एभरेष्ट बैंकको झण्डा सगरमाथाको चुचुरोमा
काठमाडौं ।
एभरेस्ट बैंकले सगरमाथाको चुचुरोमा आफ्नो झण्डा फहराएको छ । बैंकका अनुसार २०७६ जेष्ठ १६ गतेका दिन आफ्नो ब्रान्ड फेसका रूपमा रहेका कीर्तिमानी आरोही मिङ्माडेविड शेर्पामार्फत सर्वोच्च शिखर सगरमाथामा आफ्नो झण्डा फहराउन सफल भएको हो ।
बैंकको बिहीबार केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रमका बीच सो झण्डा मिङ्मा डेविड शेर्पाले बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमारलाई हस्तान्तरण गरेका छन् । सो कार्यक्रममा बैंकका सहायक महाप्रबन्धकहरू केशवराज पौडेल, आशुतोष शर्मा तथा बैंकका बजार व्यवस्थापन विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा ग्रीष्मकालमा एमटी केटुको सफलतापूर्वक आरोहण गरेका कीर्तिमानी आरोही सोनाम शेर्पालाइ समेत सम्मान गरिएको छ ।
स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् । बैंकले देशैभरि छरिएर रहेको आफ्नो एक सय तीनवटा शाखा सञ्जाल, एक सय ३५ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया