कृषि विकास बैंकले ऋणपत्र निष्काशन गर्ने
काठमाण्डौ,माघ ७
कृषि विकास बैंकले दुई अर्ब ५० करोड रूपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकका अनुसार निकट भविष्यमा नै एक हजार अंकित मूल्य कायम रहने गरी २५ लाख कित्ता ऋणपत्र जारी गर्ने तयारी गरेको हो । बैंकले ‘लिन मात्र होइन दिन पनि जान्छ’ भन्ने नारासहित आगामी सात वर्षको लागि १० दशमलव ३५ प्रतिशत ब्याजदरमा एडीबीएल कृषि बैंक ऋणपत्र २०८३ जारी गर्ने अन्तिम तयारी गरेको बैंकले जनाएको छ । बैंकले ५३औं वर्षमा प्रवेश गर्दै गर्दा आइतबार गरेको पत्रकार सम्मेलनमा बैंकले उक्त जानकारी दिएको छ । बैंकले गएको वर्ष सहुलियतपूर्ण कृषि कर्जामा २५ सयभन्दा बढी ग्राहकहरूलाई पाँच अर्ब ५८ करोड रूपैयाँ कर्जा लगानी गरेको छ ।
यो कार्यलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न बैंकले प्रदेश कृषि मन्त्रालय, ग्रामीण पद्धति केन्द्र, हेभर इन्टरनेशनल, किसान महासंघ, युवा परिषद्लगायतका संस्थाहरूसँग सहकार्य गरी लक्षित वर्गसम्म कर्जा विस्तार गर्ने योजना बनाएको जानकारी पनि बैंकले दिएको छ । यसैगरी बैंकले नेपाल भ्रमण वर्ष २०२० लाख लक्षित गरी करिब एक हजार होमस्टे आबद्ध भएको होमस्टे एसोसियसन नेपालसँग सम्झौता गरी उक्त क्षेत्रमा होमस्टे कर्जा प्रवाह गर्ने समेतको तयारी रहेको जानकारी दिएको छ । बैंकमा हाल एक करोड रूपैयाँभन्दा माथिको कर्जाको भार एक प्रतिशतभन्दा कम रहेको र १० लाखभन्दा कम कर्जाको भार ८४ प्रतिशत रहेको र यी सबै कर्जा ग्रामीण भेगका कृषक, मजदुर, साना तथा मझौला कर्जाको रूपमा रहेको जानकारी पनि बैंकले दिएको छ । यसैगरी बैंकले ‘सबै नेपालीको बचत खाता खोलौँ बैंक खाता अभियानअन्तर्गत ५२ हजारभन्दा बढी जनताको निक्षेप खाता खोल्न सफल भएको समेत जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया