शाहिद अफ्रिदीले ईपीएलमा काठमाडौं किङ्ग्सबाट खेल्ने
काठमाडौं । पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शाहिद अफ्रिदी ‘बुम बुम’ले एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौं किङ्ग्स एक्सआईको लागि खेल्ने भएका छन् । काठमाडौं किङ्ग्स ईपीएलमा भाग लिने पूर्ण अनुभवी, पूर्ण क्षमता भएको क्रिकेट टिम हो । टेलिहोल्डिंग्स प्रालिको पूर्ण अधिकार रहेको काठमाडौं किङ्ग्सले नेपाली क्रिकेटजगत्मा राष्ट्रिय सम्पदाको धनी काठमाडौं राजधानीको प्रतिनिधित्व गर्दछ ।
ईपीएलमा काठमाडौं किङ्ग्समा खेल्न लागेका शाहिद अफ्रिदीलाई संसारमा सर्वश्रेष्ठ क्रिकेट खेलाडीहरूमध्ये एक मानिन्छ । उनी आक्रामक हिटको लागि परिचित छन्, साथै उनी अलराउन्डर जो लेग स्पिन गर्नसक्ने खेलाडी हुन् । अफ्रिदी ३७ डेलिभरीमा शतक कायम गर्ने विश्व कीर्तिमानी खेलाडी हुन् । विश्वविख्यात क्रिकेटर भएको कारण अफ्रिदीलाई नेपाली क्रिकेट पारखीहरूले धेरै नै मन पराउँछन् ।
काठमाडौं किङ्ग्स टिमका मालिक तथा टेलिहोल्डिंग्स प्रालिका डाइरेक्टर रोहित गुप्ताले विश्व प्रसिद्ध क्रिकेटर शाहिद अफ्रिदी लिगमा काठमाडौं किङ्ग्सको लागि खेल्ने कुरा घोषणा गर्न पाएकोमा निकै उत्सुक तथा गौरवान्वित भएको बताए । एभरेष्ट प्रिमियर लिगका सीईओ आमीर अख्तरले शाहिद अफ्रिदीजस्ता प्रख्यात खेलाडीको आगमनले स्थानीय खेलाडीहरुलाई हौसला प्रदान साथै उनीहरुको प्रतिभाको क्षमतामा अन्तर्राष्ट्रियस्तरले बढ्ने बताए । एभरेष्ट प्रिमियर लिग आगामी २५ सेप्टेम्बरदेखि ९ अक्टोबरसम्म हुनेछ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया