शिखर इन्स्योरेन्स कम्पनी र सिप्रदी ट्रेडिङबीच सम्झौता
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र शिखर इन्स्योरेन्स कम्पनी लिबीच अटोप्लसमा सम्झौता भएको छ । शिखर इन्स्योरेन्सको प्रधान कार्यालय शिखरबीचजमा भएको एक कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिको तर्फबाट संस्थाका उपसभापति सौरव राजथपलिया र शिखर इन्स्योरेन्सको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले संयुक्त रूपमा हस्ताक्षर गरेका हुुन् ।
यो अटोप्लसमा सम्झौतामा टाटा मोटर्सद्वारा उत्पादित गाडीहरू टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रामा लागू हुनेछ । यस अटोप्लस स्कीममा सवारी साधन दर्ता भएको मितिबाट पाँच वर्षसम्म लागू हुनेछ । साथै यो स्कीम व्यापक मोटर बीमा पोलिसीमा मात्र लागू हुनेछ । जसअन्तर्गत शून्य ह्रासकट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको लागि दैनिक भाडादर तीन हजार र टाटा एस÷टाटा इन्ट्राका लागि भाडादर १५ सय प्रतिपूर्ति दिनुका साथैनयाँ गाडी प्रतिस्थापन योजनालगायतका फाइदाहरू रहेका छन् ।
यो योजनामा सहभागी हुनका लागि ग्राहकहरूले दुर्घटना भएको अवस्थामा सिप्रदी ट्रेडिङ प्रालिको आफूलाई पायक पर्ने नेपाल अधिराज्यभरिको कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बीमादाबी गर्न सक्नेछन् । अटोप्लस योजनाले टाटा योद्धा, टाटा एस र टाटा इन्ट्राको ग्राहकहरूलाई थप सहज हुने दुवै कम्पनीको दाबी छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया