स्वास्थ्य मापदण्ड पालना नगर्दा कोरोना संक्रमणको संख्यामा वृद्धि
दोलखा ।
दोलखामा पछिल्ला दिनमा कोरोना संक्रमित बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । स्वास्थ्य मापदण्ड पालना नगरी जथाभाबी भीडभाड गर्दा कोरोना संक्रमण फैलिँदै गएको हो । जिल्लामा न्यून पीसीआर परीक्षण हुँदा पनि दैनिक रूपमा संक्रमितको संख्याको ग्राफ बढ्दै गएको छ ।
असारको तुलनामा साउनमा कोरोना भाइरसका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालय दोलखा स्वास्थ्य प्रमुख अर्जुन पौडेलले जानकारी दिए । गत वैशाखदेखि गरिएको निषेधाज्ञा अहिले खुकुलो पारिएको कारणले पनि संक्रमितको संख्या बढेको पौडेलले बताए । उनका अनुसार बिहीबार पनि दोलखामा १९ जना कोरोना संक्रमित थपिएका छन् ।
एन्टिजेट विधिबाट ३९ जनाको नमूना परीक्षण गरिएकोमा १९ जनामा संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभर हाल तीन सय ३८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । हाल जिल्लामा सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित भीमेश्वर नगरपालिकामा रहेका छन् । भीमेश्वर नगरपालिकामा एक सय ६७ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यसैगरी जिरी नगरपालिकामा १४ जना, कालिञ्चोक गाउँपालिकामा ४५ जना, गौरीशंकर गाउँपालिकामा ३ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै बिगु गाउँपालिकामा ३० जना, तामाकोशी गाउँपालिकामा २३ जना, शैलुङ गाउँपालिकामा ४ जना, मेलुङ गाउँपालिकामा ६ जना र बैतेश्वर गाउँपालिकामा ३७ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यसैगरी संक्रमितमध्ये दुई हजार पाँच जना निको भएका छन् भने कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । यसैबीच दोलखामा कोरोना भाइरसविरुद्धको खोप लगाउने नागरिकको संख्या पनि दैनिक बढिरहेको छ । जिल्लाभर हालसम्म ४१ हजार जनाले कोरोना भाइरसविरुद्धको पहिलो र सात करिब हजार जनाले कोरोना भाइरसविरुद्धको दोस्रो डोजको खोप लगाएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया