वीरगञ्जमा निटको टायल्सको आकर्षक शोरुम
वीरगञ्ज । वीरगञ्जमा निटको टायल्सको फ्रेन्चाइजिजमा आकर्षक शोरुम खुलेको छ । निटको कम्पनीका टायल्स र मार्बलको शोरुमको प्रदेश २ का ऊर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले उद्घाटन गरेका हुन् ।
वीरगञ्ज महानगरपालिका १० आदर्शनगरस्थित पानीट्यांकीको मूल गेटअगाडि पर्सा मार्बल एण्ड टाइल्स प्रालिले निट्कोे कम्पनीका टायल्स र मार्बलको शोरुम सञ्चालनमा ल्याएको छ । शोरुम सञ्चालनसँगै वीरगञ्जमा निर्माण भइरहेका घर तथा होटलमा चाहिने राम्रो टायल्स र मार्बलका लागि भारत, काठमाडौं अन्य स्थानमा जानु नपर्ने भएको छ । यसअघि टायल्स र मार्बलका लागि दिल्ली अथवा काठमाडौं जानुपर्ने बाध्यता थियो ।
निट्कोे कम्पनीको भारत तथा विश्वमा आफनो छुट्टै पहिचान रहेको छ । पर्सा मार्बल एण्ड टाइल्स प्रालिका प्रतिनिधि सौरभ चौरसियाले प्रदेश नं. २ मै पहिलो पटक भारतको टप फाइभभित्र पर्ने निट्को टाइलको फ्रेन्चाइज शोरुमको सञ्चालनमा आएको बताए । उनका अनुसार घर निर्माण हुने सम्पूर्ण सामग्री जस्तै मार्बल, ग्रेनाइट, टाइल्स, सेनेटरी आइटम, छड, सिमेन्टलगायतका सामग्रीको बिक्री वितरण हुनेछ ।
निट्कोे कम्पनीका लागि नेपालका सिनियर रिजनल म्यानेजर उत्तम रिमालले निटको टायल्स एण्ड मार्बल्स वीरगञ्ज बजारमा नयाँ फड्को मार्ने बताए । विश्वमा टायल्स एण्ड मार्बल्सको बजारमा निट्कोे कम्पनी विश्वस्तरीय रहेको र इन्टेरियर डिजाइनर तथा आर्किटेक्चरहरुको पहिलो रोजाइ रहेको उनले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया