काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सूचना प्रविधि समिति गठन गरेको छ । चेम्बरको कार्यसमिति सदस्य रत्न तारा तुलाधरको सभापतित्वमा उक्त समिति गठन गरिएको हो ।
साथै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले समितिको विस्तार समेत गरेका छन् । समितिको सल्लाहकारमा विनोद ढकाल, दीपेश प्रधान तथा सदस्यहरुमा प्रदीप लामिछाने, अकवर हुसेन, सञ्जीव कुमार श्रेष्ठ, सन्तोष राजभण्डारी, मोना न्याच्छों, दीपेश हाडा, राजन कर्माचार्य, हेमन्त वराल नबिन जोशी चयन भएका छन् ।
उक्त अवसरमा चेम्बर अध्यक्ष मल्लले यस क्षेत्रको प्रवर्द्धनका लागि सूचना प्रविधि क्षेत्रसँग आबद्ध सबै निकायहरु लाग्नुपर्ने बताए । समितिमा नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा लामो अनुभव हासिल गरेका महानुभावहरुकोे प्रतिनिधित्व भएकोले चेम्बरको सूचना प्रविधिको क्षेत्रमा गरिने प्रयासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीनले ऋणको ब्याजदर घटायो
- टोकियोदेखि न्युयोर्कसम्मका सेयरबजार हिट मोडमा
- अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२० पुग्यो
- वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?’
- सुर्खेत बस दुर्घटनामा दुईको मृत्यु, २१ घाइते
- जिल्ला अस्पताल हुम्लामा औषधि अभाव
- मर्मतसम्भार नहुँदा जलेश्वर कारागार जीर्ण
- २१ सय बिन्दुमा नजिक पुग्यो बजार परिसुचक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया