कनेक्ट आईपीएसको मासिक कारोबार १० अर्ब नाग्यो
काठमाडौं, माघ ९
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले सञ्चालन गर्दै आएको कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत भएका मासिक कारोबार पुुस महिनामा १२ अर्ब पाँच करोड रूपैयाँभन्दा बढी पुगेको छ । एनसीएचएलको लागि वैशाख, २०७५ बाट प्रारम्भिक सञ्चालनमा आएदेखि पुसमा हालसम्मको सबैभन्दा बढी कारोबार भएको छ । यस आर्थिक वर्षको पुुस मसान्तसम्म कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत भएको (कारोबार संख्या) छ लाख ५० हजार एक सय ४२ रहेको छ । जुन सेटलमेन्ट रकममा ४२ अर्ब ४८ करोड रूपैयाँबराबरको हो, कम्पनीले भनेको छ ।
कारोबारमा भइरहेको वृद्धिले नेपालमा बैंक खातामा आधारित रियल–टाइम रिटेल भुक्तानी प्रणालीको स्वीकार्यता बढेको बुझिएको छ । कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणाली अनलाइन भुक्तानीको एकीकृत प्ल्याटफर्म हो, जसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेट–वे), क्रेडिट कार्ड/बिल भुक्तानीलगायतका सुविधा उपलब्ध रहेका छन् । उक्त प्ल्याटफर्ममा सदस्य बैंकका ग्राहकहरूले फण्ड ट्रान्सफरलगायत अन्य सेवाहरूमा सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोषसम्बन्धी भुक्तानी, मोबाइल वालेटमा फण्ड लोड, नेप्से अनलाइन ट्रेडिङ तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल/कलेज, इन्स्युरेन्स भुक्तानीजस्ता कारोबारहरू गर्न सकिने व्यवस्था रहेको छ ।
एनसीएचएलले विद्युतीय चेक भुक्तानी, अन्तर बैंक भुक्तानी प्रणाली र कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणाल सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष २०७६/७७ को पुुस मसान्तसम्ममा यी प्रणालीहरूमार्फत एनसीएचएलले कारोबार संख्या ८१ हजार दुुई सय ४९ को कुल सेटलमेन्ट रकम ४२ दशमलव १७ बराबर राफसाफ गर्न सफल भएको छ, जुन गत आव सोही अवधिभन्दा क्रमशः ४४ प्रतिशत र २६ प्रतिशतको वृद्धि रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया