सूर्यविनायकमा लालीगुराँस बहुउद्देश्यीय सहकारीको काउन्टर
काठमाडौं । ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भक्तपुरको सूर्यविनायकमा छैटौँ सदस्य सुविधा काउन्टर सञ्चालन गरेको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले उक्त काउन्टरको उद्घाटन गरेका थिए । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न यस संस्थाले आगामी वर्षहरूमा थप नयाँ कार्यक्रम र योजनाहरू अगाडि बढाउँदै लैजाने बताए ।
संस्थाको ललितपुर जिल्लाको चापागाँउ, काठमाडौँ जिल्लाको चाबहिल, न्यूरोड, भक्तपुर जिल्लाको कौशलटार र चितवन जिल्लाको पर्सामा समेत सदस्य सुविधा काउन्टर सञ्चालन गरेको संस्थाले आफ्ना सेयरसदस्यहरूलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरू उपलब्ध गराएको छ भने, तीन सयभन्दा बढी व्यक्तिहरूलाई प्रत्यक्षरूपमा रोजगारी समेत उपलब्ध गराएको छ । हाल ६ स्थानमा रहेको सदस्य सुविधा काउन्टरलाई बृद्धि गरी आगामी दिनमा उपत्यकाभित्र र बाहिर गरी थप ६ स्थानहरूमा थप सुविधा काउन्टरहरू सञ्चालन गरी संस्थाले आफ्नो सेवाहरू विस्तार गर्ने संस्थाले जनाएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
- प्रमुख आयुक्तद्वारा राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
- जापानमा ९० लाख घर खाली
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट
- एसिया प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणको अवसर खोजिने
- नागरिक लगानी कोषले सुपर खुदीको सेयर प्रत्याभूति गर्ने
- श्रमिक दिवसमा श्रमिक महिला रक्षा संघको र्याली
- बागलुङको सय वर्ष पुरानो तामाखानी अध्ययनको अनुमति
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया