हस्तकला डिजाइनिङ प्रतियोगिताका विजेता घोषणा
काठमाडौं । नेपाल हस्तकला महासंघले हस्तकला डिजाइनिङ प्रतियोगितका विजेता घोषणा गरेको छ । हस्तकलाको व्यावसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आइडिया नेपाल)द्वारा आयोजित प्रतियोगितामा रविना श्रेष्ठ, रोशन ठाकुर र निलिमा प्रधान क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । विजेताहरूलाई नगद पुरस्कारका साथै इन्टेरियर डिजाइनिङ हस्तकला अवार्डबाट सम्मान गरिएको छ ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइरालाले अवार्ड प्रदान गरेका हुन् । सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्याललगायतको पनि उपस्थिति रहेको थियो । हस्तकलाको व्यावसायिक संरक्षण र प्रवद्र्धनका लागि महासंघ र आइडिया नेपालबीच गत महिना सहकार्य गर्ने सझौता भएको थियो । सझौताअनुसार इन्टेरिएर डिजाइनिङका विद्यार्थीबीच हस्तकला डिजाइनिङ प्रतियोगिता आयोजना गरिएको आइडिया नेपालकी अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले बताइन् ।
नेपाली हस्तकलालाई समयअनुसार परिमार्जन गर्दै जाने उद्देश्यका साथ हस्तकला वर्ष २०२१ को अवसरमा हस्तकलाको प्रवर्द्धनात्मक अभियानअनुसार नै दुवै संस्थाबीच सहकार्यका लागि उक्त सझौता भएको होे । यस्ता कार्यक्रमहरूले विश्वव्यापी कोरोनाका कारण हस्तकला निर्यात प्रभावित भइरहेको सन्दर्भमा नेपाली हस्तकला बजारलाई चलायनमान बनाउने कार्यमा सघाउ पु-याउने महासंघको अपेक्षा रहेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- मधेश प्रदेशः १० महिनामा करिब १९ प्रतिशत खर्च
- कार्यदलको बैठक निष्कर्षविहीन, शुक्रबार बिहान पुनः बस्ने
- बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामाः प्रधानमन्त्री
- ‘चिकित्सा जनशक्ति उत्पादनमा स्वास्थ्य विज्ञान संस्थानको योगदान सराहनीय’
- सञ्चारमन्त्री शर्माद्वारा ‘गणतन्त्र दिवस तस्बिर प्रदर्शनी’ उद्घाटन
- जिप दुर्घटनामा १२ जना घाइते
- विश्वभर बुद्धधर्मको महत्व छ: परराष्ट्रमन्त्री श्रेष्ठ
- निर्णायक राष्ट्रिय शक्तिको रूपमा एमालेलाई स्थापित गर्नुपर्छ: मुख्यमन्त्री अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया