कृषि ज्ञान केन्द्र सोलुखुम्बुको दुई करोडभन्दा बढीको कार्यक्रम
सोलुखुम्बु । सोलुखुम्बुको कृषि ज्ञान केन्द्रले दुई करोडभन्दा बढीको वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रले आइतबार एक कार्यक्रमका बीच चालू आर्थिक वर्ष २०७८/७९ को लागि दुई करोड १३ लाख १० हजारबराबरको कार्यक्रम सार्वजनिक गरेको हो । केन्द्रका प्रमुख दुर्गाबहादुर तिरुवाले प्रस्तुत गरेका कार्यक्रममा सबैभन्दा बढी बजेट कृषि बजार तथा संकलन केन्द्र निर्माणमा ४५ लाख रूपैयाँ छुट्याइएको छ ।
त्यसैगरी नमूना कृषि फार्म स्थापना सहयोगका लागि २८ लाख रूपैयाँ, युवालक्षित च्याउ, मह तथा तरकारी उत्पादन कार्यक्रमका लागि ३० लाख, मुख्य राजमार्ग लक्षित तरकारी उत्पादन कार्यक्रममा १२ लाख बजेट छुटिएको उनले बताए । यस्तै मकै उत्पादन पवर्द्धन कार्यक्रमका लागि ३१ लाख ५० हजारसहित अन्य कार्यक्रमहरू स्वीकृत भएको ज्ञान केन्द्रले जनाएको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा एक करोड १२ लाख ४३ हजार रूपैयाँबराबरको कार्यक्रम स्वीकृत भएको थियो । जसमा आधा बजेट कोरोना रोकथामका लागि प्रदेश सरकारले कटौती गरेको केन्द्रका प्रमुख तिरुवाले बताए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया