दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाले यस वर्षदेखि गाउँपालिकाभित्रका गाईभैँसीलाई कृत्रिम गर्भाधान गर्न सुरु गरेको छ । गाउँपालिकाले पशुको नश्ल सुधार गरेर मासु तथा दुध उत्पादन वृद्धि गर्ने उद्देश्यले पहिलो पटक कृत्रिम गर्भाधानको सुरुवात गरेको बैतेश्वर गाउँपालिका भेटेनरी शाखाका प्रमुख शान्तिप्रसाद दाहालले जानकारी दिए ।
पशुहरूको वंशाणु विकास गरेर पशुपालक किसानलाई थप लाभान्वित बनाउन गाउँपालिकाको अनुदान सहयोगमा कृत्रिम गर्भाधान विधिबाट गाईभैँसी र बाख्रामा कृत्रिम गर्भाधान गर्न सुरु गरिएको प्रमुख दाहालले बताए । गत आइतबारदेखि गाउँपालिकाको पशुसेवा कार्यालय मैनापोखरीबाट निःशुल्क कृत्रिम गर्भाधान गर्न सुरु गरिएको हो । हालसम्म तीनवटा भैँसी र चारवटा गाईमा कृत्रिम गर्भाधान गरिएको उनले बताए ।
चालू वर्षमा गाउँपालिकाले कृत्रिम गर्भाधान विधि सञ्चालन गर्न दुई लाख अनुदान दिएकाले एआई सञ्चालन गरिएको हो । तरल नाइट्रोजन १९६ डिग्रीसेलसियसको चिसो पनमा राँगा, बोका र साँढेको बीउलाई लामो समयसम्म सुरक्षित राख्ने हुँदा गाईभैँसी र बाख्रामा कृत्रिम गर्भाधान दिँदा उत्पादन वृद्धि र विकास हुने भएकाले गाउँपालिकाले एआई सञ्चालन गरेको हो ।
गाउँपालिकाले कृत्रिम गर्भाधानका लागि पशु सेवा कार्यालयमा पशुहरू लिएर आउने किसानका गाईभैँसीलाई शुल्कविना नै एआई गरिदिने गरेको छ भने किसानकै गोठमा पुगेर कृत्रिम गर्भाधान (एआई) गर्दा प्राविधिकले पेट्रोल शुल्क मात्र लिनेगरेको गाउँपालिकाले जनाएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया