विकास बैंकहरुद्वारा अत्यधिक ऋण प्रवाह
सातामा दुई अर्ब ४८ करोडले निक्षेप बढ्दा पाँच अर्ब ३९ करोडले बढ्यो कर्जा
काठमाडौं । विकास बैंकहरुमा निक्षेप (खातामा जम्मा भएको रकम) भन्दा पनि कर्जा (ऋण) को बृद्धिदर अधिक देखिएको छ । विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर एसोसिएसनका अनुसार गत साता क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १५ वटा विकास बैंकहरुको कुुल निक्षेप चार खर्ब ४९ अर्ब ३३ करोड ९२ लाख २० हजार रुपैयाँ रहेको थियो । यो साता भने यस्तो निक्षेप शून्य दशमलव ५५ प्रतिशत अर्थात् दुई अर्ब ४८ करोड दुई लाख ८० हजार रुपैयाँले बढेर चार खर्ब ५१ अर्ब ८१ करोड ९४ लाख ६० हजार रुपैयाँ पुगेको छ ।
विकास बैंकहरुले प्रवाह गरेको कुल कर्जा रकम भने गत साताको तुुलनामा एक दशमलव ३९ प्रतिशतले बढेको छ । एसोसिएसनका अनुसार गत साता सञ्चालनमा रहेका कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक र सहारा विकास बैंकबाहेकका १५ वटा विकास बैंकहरुको कुल कर्जा तीन खर्ब ९६ अर्ब ८८ करोड ५८ लाख ६० हजार रुपैयाँ रहेको थियो । तर यो साता भने यस्तो कर्जा रकम पाँच अर्ब ५१ करोड ८० लाख ९० हजार रुपैयाँले बढेर चार खर्ब दुई अर्ब ४० करोड ३९ लाख ६० हजार रुपैयाँ पुगेको छ ।
यस अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको मात्र कुुल निक्षेप भने गत साताको तुुलनामा शून्य दशमलव ५९ प्रतिशतले बढेको छ । गत साता राष्ट्रियस्तरका विकास बैंकहरुले चार खर्ब १७ अर्ब ३६ करोड १४ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरेकोमा यो साता यस्तो निक्षेप रकम दुई अर्ब ४८ करोड १० लाख आठ हजार रुपैयाँले बढेर चार खर्ब १९ अर्ब ८४ करोड २५ लाख १० हजार रुपैयाँ पुगेको छ ।
यसैगरी यस अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुले प्रवाह गरेको कुल कर्जा रकम भने एक दशमलव ४६ प्रतिशतले बढेको छ । गत साता यस्ता बैंकहरुले तीन खर्ब ६८ अर्ब ८० करोड ५० लाख छ हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा यो साता यस्तो कर्जा रकम पाँच अर्ब ३९ करोड १४ लाख ९० हजार रुपैयाँले बढेर तीन खर्ब ७४ अर्ब १९ करोड ६५ लाख ५० हजार रुपैयाँ पुुगेको छ ।
एसोसिएसनका अनुसार क्षेत्रीयस्तरका विकास बैंकहरुको निक्षेपमा भने पछिल्लो समय गिरावट आएको छ । गत साता क्षेत्रीय बैंकहरुले ३१ अर्ब ९७ करोड ७७ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरेकोमा यो याता यस्तो निक्षेप आठ लाख ४० हजार रुपैयाँले घटेर ३१ अर्ब ९७ करोड ६९ लाख ५० हजार रुपैंयाँमा खुम्चिएको छ ।
यस अवधिमा क्षेत्रीय बैंकहरुको कर्जा रकम भने शून्य दशमलव ४५ प्रतिशतले बढेको छ । गत साता क्षेत्रीयस्तरका विकास बैंकहरुले २८ अर्ब आठ करोड आठ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा यो साता यस्तो कर्जा १२ करोड ६६ लाख रुपैयाँले बढेर २८ अर्ब २० करोड ७४ हजार रुपैयाँ पुुगेको छ । एसोसिएसनका अनुसार यही भदौ २६ गतेदेखि असोज १ गतेसम्ममा क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १५ वटा विकास बैंकहरुको निक्षेप तथा कर्जामा यस किसिमको उतारचढाव आएको हो । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया