मेट्रो अनलाइन ट्याक्सी सेवा सुरु, उपत्यकामा ९९ रुपैयाँमा चढ्न पाइने
काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले स्थापना भएको मेट्रो अनलाइन ट्याक्सी सेवा सुरु भएको छ । मेट्रो अनलाइन ट्याक्सी एपमार्फत ट्याक्सी सेवा अनलाइनमार्फत नै बुक गरेर घरमा बोलाउन सकिने सुविधासहित सुरु भएको हो ।
मेट्रो अनलाइन ट्याक्सीले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा लिन सक्नेछन् । यसको लागि गुगल प्ले स्टोरमा मेट्रो अनलाइन ट्याक्सी एप उपलब्ध रहेको छ । यस मेट्रो अनलाइन ट्याक्सीमा पाँच हजारभन्दा धेरै ट्याक्सीहरु समावेश छन्, जसले यसलाई नेपालको सबैभन्दा ठूलो ट्याक्सी नेटवर्क बनाएको छ । ट्याक्सी सेवालाई डिजिटाइज र अत्याधुनिक बनाउन आएको मेट्रो अनलाइन ट्याक्सीले अनौपचारिकरुपमा सेवा सुरु गरिसकेको छ ।
यसैबीच मेट्रो अनलाइन ट्याक्सीले बुधबार ट्याक्सी चालकहरुका लागि अनलाइन ट्याक्सी सेवा र ग्राहकहरुलाई प्रदान गर्ने सेवाको बारेमा अभिमुखीकरण तालिम पनि सञ्चालन गरेको छ । तालिममा अनलाइन ट्याक्सी सेवा सञ्चालन गर्ने, एपको प्रयोग गर्ने तरिका, ग्राहकहरुसँग गरिने व्यवहार लगायतका विषयहरुमा ट्याक्सी चालकहरुलाई तालिम प्रदान गरिएको छ । सो तालिमले आगामी दिनमा काठमाडौं उपत्यकाका सञ्चालनमा रहेका ट्याक्सी चालकहरुको ग्राहकसँगको व्यवहार र सम्बन्धमा सुधार हुने र यसले ट्याक्सी सेवालाई मर्यादित तथा व्यवस्थित बनाउने कम्पनीका बजार व्यवस्थापन प्रमुख सूर्य तामाङ्गले जानकारी दिए ।
यस्तो तालिम मासिकरुपमा विभिन्न क्षेत्र र स्थानहरुमा गरिने योजना रहेको उनले बताए । मेट्रो अनलाइन ट्याक्सीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सबै ट्याक्सी धनी र चालकहरुसँगको सहकार्यमा ट्याक्सीहरुलाई अत्याधुनिक प्रविधियुक्त बनाउने, डिजिटल प्लेटफर्महरुको अधिकतम उपयोग गर्ने उद्देश्यले काम गरिरहेको छ ।
मेट्रो अनलाइन ट्याक्सीमा यात्रुहरुले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा उपयोग गर्नसक्ने कम्पनीका प्रशासनिक प्रमुख रविन्द्र भुपाल प्रधानले जानकारी दिए । ‘हामीले हालसम्मकै सस्तो भाडादरमा आधारित भएर ट्याक्सी सेवा दिनेछौँ । यसमा न्यूनतम ९९ रुपैयाँमा नै यात्रुले ट्याक्सी चढ्न सक्नेछन्’, प्रशासनिक प्रमुख प्रधानले भने । आगामी दिनमा मेट्रो अनलाइन ट्याक्सीमा थप ट्याक्सीहरुलाई सहभागी गराउने र सेवा क्षेत्र विस्तार गर्ने योजना रहेको उनले बताए ।
मेट्रो अनलाइन ट्याक्सीमार्फत सेवा लिन चाहने यात्रुहरुले एपमा रजिस्टर गरेर मात्र सेवा लिँदा सुरक्षित हुने र यात्रा भरपर्दो बनाउन सकिनेछ भने आगामी दिनमा सेवा सुधारमा पनि सहयोग पुग्ने कम्पनीको विश्वास छ । ट्याक्सी स्ट्यान्डमा आएका यात्रुलाई सेवा दिनुपर्दा चालकले एपमा रजिस्टर गराई मात्र सेवा दिनेछन् । यसले गर्दा यात्रु र चालक दुवै सुरक्षित हुनसक्नेछन् ।
यस मेट्रो अनलाइन ट्याक्सी एपमा आबद्ध हुने ट्याक्सीहरुलाई कम्पनीको निश्चित मापदण्डअनुसार निःशुल्क ट्याक्सी बीमा गर्दै आएको छ । जसले ट्याक्सी दुर्घटना भएको खण्डमा ट्याक्सी व्यवसायीहरुलाई बीमा सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- बुटवलमा मोर्डन डाइग्नोस्टिक ल्याब र टेस्ला फार्मेसीको शाखा
- लेखा समितिको भूमिका प्रभावकारी बनाउन राष्ट्रिय गोष्ठी आयोजना हुने
- ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रिन आवास कर्जा
- नेपालमा गोगोरो ब्याट्री स्वापिङ र क्रसओभर जिएक्स२५० स्कुटर सार्वजनिक
- सामसङको ग्यालेक्सी एम५५ फाइभजी नेपालमा
- राकुटेन भाइबरले सबै सरकारी निकायसँग सम्झौता गर्ने
- लगानी सम्मेलनको प्रतिबद्धता र नयाँ सरकारको आवश्यकता
- खरर्बौं लगानीको होटलले उद्योगको मान्यता कहिले पाउने ?
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया