बेलायतमा इन्धन संकट समाधान गर्न सैनिक ट्यांकर चालकलाई काम लगाइने
लन्डन । बेलायतमा लामो लाइन र तेल अभावबीच पेट्रोल पम्पहरू बन्द हुन थालेपछि अवस्था सहज बनाउन सेनालाई तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ ।
सेनाका ट्यांकर चालकलाई आवश्यक परेको अवस्थामा परिचालन गर्नका लागि तालिम दिइने सरकारले जनाएको छ । बेलायतका व्यापारमन्त्री क्वासी कोर्टनले केही दिनमा आपूर्ति सहज हुने बताए । उनले राज्यमा पर्याप्त आपूर्ति रहेको बताउँदै यो अवस्था केही दिनमा सहज बन्ने बताए ।
तेल आपूर्तिकर्ताहरूले आगामी दिनहरूमा माग सामान्य हुने अपेक्षा गरेको बताएका छन् । तर ‘मोटरीङ ग्रुप, आरएसी’का अनुसार केही किराना व्यापारीहरूले अवस्थाको फाइदा उठाउँदै मूल्य बढाएका छन् ।
सरकारी अधिकारीहरूले भने आवश्यकता नभएका मानिसले समेत तेल खरिद गरेका कारण पम्पहरूमा लाइन देखिएको र ती रित्तिन पुगेको आरोप लगाएका छन् । लरी चालकहरूको अभावका कारण पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुनसक्ने आशंकाका कारण कैयौँ चालकहरू पेट्रोल पम्प पुगेका थिए ।
सरकारले ट्यांकर चालकहरूको अभाव पूर्ति गर्नका लागि विदेशी एचजीभी चालकहरूका लागि तीनमहिने अस्थायी प्रवेशाज्ञा उपलब्ध गराउन सहमत भइसकेको छ । बिपी र सेलजस्ता ठूला उत्पादकहरूले बेलायतका रिफाइनरीहरूमा पर्याप्त मात्रामा इन्धन रहेको जनाएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
- वर्षाले डढेलो निभाउने आशा
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
- भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया