पुराना कर्मचारीको नियुक्ति र समृद्धिको सपना
दुई तिहाइ सांसदको समर्थन पाएर गठन भएको इतिहासमै विरलै बन्ने नेकपा नेतृत्वको यस्तो बलियो सरकारले सबै संवैधानिक नियुक्तिमा पुराना कर्मचारीलाई प्राथमिकता दिएको छ र उनीहरूको सहयोगमा मुलुकमा समृद्धिको सपना बाँडेको छ । सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र सरकारी संस्थानहरूमा गरिने राजनीतिक नियुक्तिमा प्रायजसो सबैतिर पूर्वकर्मचारीहरूले नै प्राथमिकता पाउने गरेका छन् । पूर्वकर्मचारीहरू अनुभवी हुन्छन् । उनीहरूसँग राम्रा र नराम्रा सबै कामका अनुभव हुन्छन् । जिन्दगीभरि कर्मचारी बनेर काम गरेर बिताएका पूर्वकर्मचारीलाई नियम कानुनको पनि राम्रो ज्ञान हुन्छ र कुन काम गर्न हुने वा कुन काम गर्न नहुने भन्ने पनि राम्रो ज्ञान हुन्छ ।
सामान्यतया विकसित र सभ्य मुलुकमा कर्मचारीतन्त्रलाई देशको शासन पद्धतिको मेरुदण्ड नै मानिन्छ । हाम्रोजस्तो अविकासित मुलुकमा कर्मचारीमा आफूलाई जनताको सेवकभन्दा पनि प्रशासक ठान्ने प्रवृत्ति बढी हुने भएकाले विकसित विश्वको नजीर हाम्रोमा अपवादजस्तै बन्दै आएको छ । ज्ञान र सीपका कारण पनि हाम्रो कर्मचारी प्रशासन निकै पछौटे रहँदै आएको छ । जुनसुकै सिकारुले पनि पहिला नकारात्मक कुरो सिक्ने गर्दछ भनेजस्तै हाम्रो कर्मचारीतन्त्रले पनि देश र जनताको सेवाभन्दा आफ्नो स्वार्थपूर्तिलाई केन्द्रबिन्दुमा राखेर काम गर्दै आएको छ ।
विकास निर्माणका कामै पर्याप्त मात्रामा नभएकाले ठूला भ्रष्टाचार नहुनु बेग्लै कुरा हो तर कर्मचारीको मनोवृति नै भ्रष्ट नभएकाले यहाँ ठूला भ्रष्टाचार नभएका चाहिँ होइनन् । तिनै कर्मचारीहरूमध्येका आफ्ना जागीरे अवधिमा धन आर्जन गर्न सफल भएका र त्यही धन खर्च विस्तार गर्न सफल भएका पूर्वकर्मचारीहरूले नै संवैधानिक र राजनीतिक नियुक्त पाउनेहरूले आफूले बदमासी गरेका छन् भन्ने पनि राम्रो जानकारी राखेका हुन्छन् । उनीहरूका लागि नयाँ नियुक्ति आफूलाई चोख्याउने र अरुलाई डस्नेबाहेक केही हुँदैन ।
सरकारी जागीरको आडमा जिन्दगीभरि आफ्नो र आफन्तका लागि काम गरेका पूर्वकर्मचारीका लागि यो नियुक्ति पनि कमाउन र प्रतिसोध साध्नका लागि नयाँ अवसर मात्रै हुने गरेको छ । यसरी नियुक्ति पाएका केही व्याक्तिहरूको विगत र वर्तमानका क्रियाकलापमाथि थोरै मात्रै भए पनि अध्यपन गर्ने हो भने नयाँ नियुक्ति पाएपछि भूतपूर्व कर्मचारीले के गर्ने बाँकी राखेको रहेछन् भन्ने स्पष्ट हुन्छ तर सत्ताधारीको पनि ध्यान आफ्नो फाइदामा नै हुँदोरहेछ । त्यही कारण आफ्नो फाइदामा नै हुँदोरहेछ । त्यही कारणयस्ता नियुक्तिमा पुराना कर्मचारीलाई पहिलो प्राथमिकता दिएको हो । होइन भने समाजमा लब्ध प्रतिष्ठित विशेषज्ञहरू नै नभएका होइनन् । समाजमा रहेका कोही पनि समाजसेवी छैनन् भन्ने पनि होइन, यस्ता व्यक्तिहरूलाई प्राथमिता दिएर नियुक्त गरिने हो भने मुलुकमा परिवर्तन सम्भव छ ।
तर पूर्वकर्मचारीलाई नियुक्ति दिएर मुलुक रूपान्तरण हुन सक्दैन । घुस खानेबाहेक उनीहरू कुनै नयाँ प्रविधिका ज्ञाता छैनन् । जिन्दगीभरि उनीहरूबाट मुलुकमा विकास निर्माण भएन, मुलुकको रूपान्तरण भएन, अब उनीहरूबाट रूपान्तरणको आशा गर्नु आकासतिर फर्केर थुक्नुजस्तै हो । त्यस्ता व्यक्तिलाई नियुक्ति गरेर जनतालाई समृद्धिको बाटो खोजेको भनेर जनतालाई नढाँटे हुन्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया