एनएमबी बैंकको ब्रान्ड एम्बेस्डरमा अभिनेता पल शाह नियुक्त
काठमाडौं । एनएमबी बैंकले युवा अभिनेता तथा समाजसेवी पल शाहलाई बैंकको ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ । एनएमबी बैंक नेपालको अग्रणी वाणिज्य बैंक हो भने शाह टेलिभिजनको इडिटिङ, म्युजिक भिडियो हुँदै नेपाली सिनेमा जगतका अभिनेता हुन् । एक प्रेस वक्ततव्य जारी गर्दै बैंकले शाहसँग द्विपक्षीय समझदारी भएको जानकारी दिएको छ ।
शाहसँगको सहकार्यले बैंकको प्रवद्र्धन गर्न थप सहयोग पुग्ने विश्वास लिइएको छ । एनएमबी बैंकको ब्रान्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने प्रतिबद्धता पल शाहले व्यक्त गरे ।
त्यसैगरी शाहलाई एनएमबी बैंक परिवारमा ब्रान्ड एम्बेसडरको रूपमा अफिसियली स्वागत गर्न पाउँदा बैंक खुशी छ । जसरी शाहले अभिनयसँगै समाजसेवालाई पनि प्राथमिकतामा राखी कार्य गर्दै आएका छन् त्यसरी नै एनएमबी बैंकले पनि सामाजिक उत्तरदायित्वलाई मूूलधारमा राखी कार्य गर्दै आइरहेको छ । बैंकले देशभरिका एक सय ८१ शाखाहरूका साथै एक सय ३७ एटीएमहरू, नौवटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया