नर्भिकमा मूत्र र श्वासप्रश्वास रोगको निःशुल्क ओपीडी हुने
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत आउने शनिबार दुई फरक विज्ञहरुको टिमले निःशुल्क सेवा दिने भएको छ । नर्भिक अस्पतालमा रहेको युरोलोजिष्टको टिम र श्वासप्रश्वास विशेषज्ञको टिमले निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको हो ।
युरोलोजिष्टको पूरा टिम नै सहभागी भई निःशुल्क ओपीडी सेवा सञ्चालन गरिने अस्पतालले जनाएको छ । यो टिमले बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म मूत्र तथा मूत्रनलीसँग सम्बन्धित समस्या भएकाहरुको निःशुल्क जाँच गर्नेछ ।
यस्तै, बिहान १० देखि १२ बजेकै समयमा अस्पतालका छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. अच्युतभक्त आचार्यले निःशुल्क ओपीडी सञ्चालन गर्नेछन् । छाती तथा श्वासप्रश्वाससँग सम्बन्धित समस्या भएकाले डा. आचार्यको ओपीडी क्लिनिकमा सहभागी भएर लाभ लिन सक्नेछन् ।
नर्भिकले केही महिना अघिदेखि आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपीडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । निःशुल्क ओपीडी सेवा लिन नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ तथा एक्सटेन्सन नम्बर १०१८ मा समेत फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
- डिजेल र मट्टीतेलको मूल्य घट्यो
- सरकारको नाममा गइसकेको जग्गा हडप्न दुगडसँग सेटिङ
- क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमण प्रयास
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया