कुमारी बैंक र रोडियो क्याफे एन्ड बारबीच सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र खुसिबु, काठमाडौँस्थित रोडियो क्याफ एन्ड बारबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकवर्गलाई सेवाहरूमा कुमारी बैंकका डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको हो ।
बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य र रोडियो क्याफ एन्ड बार प्राइभेट लिमिटेडका निर्देशक सुचित्रा महर्जनले हस्ताक्षर गरेका हुन् । सो सम्झौताबमोजिम कुमारी बैंकका ग्राहकले खुसिबुुस्थित रोेडियो क्याफे एन्ड बार प्राइभेट लिमिटेडका विभिन्न आउटलेट तथा खानपिनमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई क्रियशील राख्नलगायत शारीरिक स्फुर्त एवं मानसिक ऊर्जा र सचेतना पुनर्जागरणका लागि विश्राम अत्यावश्यक रहेको छ । सोही कुरालाई मध्यनजर गर्दै बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्यमार्फत रोडियो क्याफ एन्ड बार प्राइभेट लिमिटेडका विभिन्न सेवाहरूमा बैंकका डेबिट तथा क्रेडिट कार्ड ग्राहकलाई आकर्षक छुटको व्यवस्था गरेको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया