नेपाल बैंकको एटीएम काउन्टर काठमाडौँ मलमा
काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौंको सुन्धारास्थित कर्मचारी कोष भवन, काठमाडौँमलमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ ।
बैंकका अनुसार आइतबार आयोजित एक कार्यक्रममा बैंकको काठमाडौं बैंकिङ अफिसका प्रमुख सुन्दर पन्थी, प्रधान कार्यालय बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख, अर्जनबहादुर कँडेल तथा काठमाडौँ मलका व्यवस्थापक विष्णुहरि ढकाल, व्यापार संघका अध्यक्ष शिवप्रसाद ढकाल, उपाध्यक्ष मुरारी कोईरालालगायतका पदाधिकारीहरूको उपस्थितिमा उक्त एटीएम सञ्चालनमा ल्याइएको हो ।
यसैबीच नेपाल बैंकले १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार छ सय २४ रुपैयाँमध्येबाट १४ प्रतिशत बोनस सेयर र तीन प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया