भिडियो छायांकनका लागि उपयुक्त बन्दै सोलुको पत्ताले
सोलुखुम्बु । जिल्लाको पत्ताले क्षेत्र पछिल्लो समय म्यूजिक भिडियो छायांकनका लागि उपयुक्त गन्तव्य बन्दै गएको छ । सामुद्रिक सतहबाट दुई हजार सात सय मिटरभन्दा माथिको उचाइमा रहेको पत्तालेमा चिसो हावाको साथमा विभिन्न दृश्य प्रत्यक्ष देखिने भएकाले उपयुक्त गन्तव्य बनेको सर्जक तथा निर्देशक प्रशान अलुङ राईले बताए ।
जगदिश समालको स्वरमा रहेको पराले गुन्द्री बोलको गीत सुटिङका लागि पत्ताले आइपुगेको १६ जनाको समुहले सो स्थान उपयुक्त रहेको प्रतिक्रिया दिए । उक्त गीतमा चन्द्रकुमार दोङको शब्द/संगीत रहेको छ भने जगदिश समालले आवाज भरेका छन् । भिडियोको निर्देशन सोलुखुम्बुका प्रशान अलुङ राईले तथा कोरियोग्राफ निर्मल लामाले गरेका छन् ।
गीतमा नायिका छुल्ठीम डोल्मा गुरुङ र भीमफेदी गाइज गु्रपको अभिनय रहेको निर्देशन राईले बताए । प्रचार प्रसारको अभाव हुँदा ओझेलमा परेको पत्ताले क्षेत्रलाई भिडियोको माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले सो क्षेत्र रोजेको निर्देशक राईको भनाइ छ । गीतको सबै दृश्य पत्ताले क्षेत्रको राखिएको उक्त भिडियो तिहार अगाडि नै सार्वजनिक गरिनेछ । पत्तालेबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित आठ हजारभन्दा माथिको उचाइ रहेका करिब आधा दर्जन हिमालहरू नियाल्न सकिनेछ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
- १९ सय ९८ बिन्दुमा खुम्चियो सेयर बजार
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया