सनराइज क्यापिटलको ४० प्रतिशत नगद लाभांश पारित
काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको ११औँ वार्षिक साधारणसभा कम्पनीको कार्यालय स्थित कमलपोखरी, काठमाडौंंमा शुुक्रबार सम्पन्न भएको छ । सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
साथै उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको ४० प्रतिशत (करसहित)का दरले हुनआउने आठ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । नेपालको प्रथम मर्चेन्ट बैंकका रूपमा स्थापना भएको यस कम्पनीले हाल सेयर रजिष्ट्रार, सेयर अन्डरराइटिङ, म्युचुअल फन्ड व्यवस्थापन, लगानी व्यवस्थापन तथा कर्पोरेट एडभाइजरीको कार्य समेत सक्रिय रूपमा सञ्चालन गर्दै आमलगानीकर्ताहरूलाई सु्दृढ तथा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
साथै क्यापिटलले हाल सनराइज म्युचुअल फन्डअन्तर्गत सन्राईज फस्र्ट म्युुचुअल फन्ड तथा सन्राइज ब्लुचिप फन्ड योजनाहरू सञ्चालन गर्दै आइरहेकोे छ । सनराइज फस्र्ट म्युचुअल फन्ड योजनाले आव २०७७/०७८ को मुनाफाबाट एकाइधनीहरूलाई ५० प्रतिशत (करसहित) प्रतिफल वितरण गरिसकेको छ । साथै निकट भविष्यमा यस कम्पनीले सनराइज फोकस्ड इक्विटी फन्ड नामको तेस्रो सामूहिक लगानी कोष योजना सञ्चालन गर्ने प्रक्रियामा रहेको छ । संस्थाले आगामी वर्षहरूमा मर्चेन्ट बैकिङसम्बन्धी सम्पूर्ण सेवाहरू सर्वसुलभ तथा गुणस्तरिय ढंगले प्रदान गर्ने मुख्य उद्देश्यलाई रणनीतिकरूपमा अगाडि बढाउँदै लगिने जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जनता समाजवादी पार्टी (जसपा )विभाजित
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया