ज्योति विकास बैंकद्वारा प्रगतिशील माध्यमिक विद्यालयलाई सहयोग
काठमाडौँ । ज्योति विकास बैंकले विदुर ३, खड्ग भन्ज्याङ नुवाकोटस्थित प्रगतिशील माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत विद्यालयको सूचना प्रविधि प्रवर्द्धन परियोजनालाई कम्प्युटरहरू सहयोग गरेको हो ।
विद्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा, सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका नुवाकोट र धादिङ क्षेत्रका प्रमुख मोहन राज गिरिले प्रगतिशील माध्यमिक विद्यालयका प्रध्यानाध्यापक शालिग्राम गजुरेलाई कम्प्युटरहरू हस्तान्तरण गरेका हुुन् ।
बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीहरूमा सूचना प्रविधिसम्बन्धी सीपको विकास गर्न, विद्यार्थीहरूमा प्रयोगात्मक सीप तथा धारणाको विकास गर्नुका साथै गुणस्तरीय आधारभूत शिक्षामा टेवा पु-याउने हेतुले सो विद्यालयको सूचना प्रविधि प्रवर्द्धन परियोजनालाई सहयोग गरेको हो ।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरूपमा रहेका सम्भावनाहरूको पहिचान गरी त्यस्ता सम्भावनाहरूलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरूसँग प्रत्यक्ष रूपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरू गर्दै आएको छ । बैंकले हाल एक सय पााँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नीति तथा कार्यक्रमको लागि बिज्ञ समुह संग छलफल गर्दै मन्त्री श्रेष्ठ
- नेवार र तामाङ भाषा बागमती प्रदेशभित्र सरकारी कामकाजमा
- नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक नयाँबानेश्वरमा
- संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
- जापानी विदेशमन्त्री योको कामिकावाको भ्रमण कोशेढुंगा बनोस्
- किन लाग्छ गभर्नरमाथि पुँजीबजार विरोधीको आरोप ?
- योजनाका लक्ष्य भेट्न धरातल बनाऔँ
- दि नेपाल डिस्टिलरिजले उखु खेती र कृषिको बृहत्तर विकासका लागि सहकार्य गर्ने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया