मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले मंगलबार क्यापिटलका अध्यक्ष सिताराम काफ्लेको अध्यक्षतामा विशेषसभा सम्पन्न गरेको हो ।
सभाले प्रस्तावित एकबराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । हकप्रद सेयर निष्काशन गरेपश्चात् क्यापिटलको चुक्ता पुँजी वृद्धि भई ४० करोड ५० लाख रुपैयाँ पुग्नेछ । क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, सेयर रजिष्ट्रेसन, लगानी व्यवस्थापन, निक्षेप सदस्य तथा प्रत्याभूतिकर्तासम्बन्धी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
कम्पनीले यस आर्थिक वर्षदेखि संस्थागत परामर्शदाताअन्तर्गतका सेवाहरू तथा समेत सञ्चालन गर्ने योजना रहेको जनाएको छ । त्यसैगरी यसै आर्थिक वर्षभित्र मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवद्र्धक तथा मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहने गरी सामूहिक लगानी कोष सञ्चालन गर्ने योजना समेत रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया