काठमाडौं । गरिमा विकास बैंक सफलताको १४औँ वर्ष पूरा गरी १५औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सवका अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
रक्तदान कार्यक्रमलाई बैंकले हरेक वार्षिकोत्सवमा महत्वका साथ निरन्तरता दिँदै आएको छ । यसै अवसरमा मंसिर ७ गते बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, कुमारीपाटी, सभागृह, बेनी, वालिङ, वुटवल, सुनुवल, नारायणगढ, कावासोती, वीरगञ्जलगायतका २१ शाखा कार्यालयहरूमा पनि बृहत् रक्तदान कार्यक्रम राखिएको थियो ।
काठमाडौंमा सम्पन्न भएको रक्तदान कार्यक्रममा बैंकले ओम हस्पिटल एन्ड रिसर्च सेन्टरसँग सहकार्य गरेको थियो । उक्त कार्यक्रमबाट ११ सय ५५ प्वाइन्ट रगत संकलन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
वार्षिकोत्सवकै अवसर पारेर बैंकले सोही दिन पाँचवटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । निरन्तर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको बैंकले एकैसाथ पाँचवटा शाखा कार्यालयहरूबाट कारोबार शुभारम्भ गरेको हो । बैंकले पथरी शाखा (मोरङ), झुम्का शाखा (सुनसरी), सातदोबाटो शाखा (ललितपुर), माछापोखरी शाखा (काठमाडौं) र गुलरिया शाखा (बर्दिया) बाट एकसाथ कारोबार शुभारम्भ गरेको हो । यससँगै गरिमा विकास बैंकको शाखा सञ्जाल एक सय १५ पुगेको छ ।
बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरूमा एक सय १५ वटा शाखा कार्यालय एउटा एक्स्टेन्सन काउन्टर र ५१ एटीएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ कारोबार गर्दै ६७ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी ६१ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । करिब छ लाख निक्षेप एवं कर्जाखाताहरूमार्फत ग्राहकमाझ सञ्चालनमा रहेको बैंकले निरन्तर आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरूमा सन्तोषजनक प्रगति गर्दै आइरहेको बताइएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया