हनुमन्तेडाँडा र रामबोलेमा पर्यटक आगमन बढ्दो
दोलखा । जिल्लाको जिरी नगरपालिका र बैतेश्वर गाउँपालिकामा रहेको उच्च पहाडमा अवस्थित धार्मिक पर्यटकीय स्थल हनुमन्तेडाँडा र राम्बोले मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटक तथा भक्तजनको आगमनले चहलपहल बढेको छ ।
अघिल्ला वर्षहरुमा सडक र पैदलमार्ग नपुग्दा छायाँमा परेको जिल्लाकै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा परिचित हनुमन्तेडाँडामा पछिल्ला वर्ष पर्यटकको चहलपहल बढ्नथालेको हो । समुद्री सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा पर्ने सो क्षेत्रमा स्थानीय सरकारले सडक विस्तार गरेसँगै पर्यटकको चहलपहल बढेको जिरी नगरपालिका खावाबजारमा होटल व्यवसाय गर्दै आएका स्थानीय पासाङ शेर्पाले बताए । हनुमन्ते डाँडामा चहलपहल बढ्दै गएकाले खावा बजारमा समेत पर्यटकको आवातजावत बाक्लिएको शेर्पाले बताए ।
हनुमन्तेमा चहलपहल हुँदा खावा बजारको व्यापार व्यवसाय राम्रो हुने गर्छ । जिल्लाको यस धार्मिक स्थल जिल्लाको कालिञ्चोक र शैलुङजतिकै उचाइमा छ । जिरी घुम्न निस्केका पर्यटक हनुमन्तेडाँडा पुगेर मात्र जिरी जाने गर्छन् । किंवदन्तीअनुसार हनुमानले हुमन्तेडाँडाको पहाडबाट सञ्जीवनीको बुटी लगेको उल्लेख छ । परापूर्वकालमा हनुमन्तेडाँडामा हनुमानको मूर्ति आफैँ उत्पत्ति भएको स्थानीयको भनाइ छ । हनुमन्ते डाँडालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न स्थानीय सरकार र प्रदेश सरकारले समेत चासो दिँदै आएको बैतेश्वर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष माधव बस्नेत बताए ।
त्यस्तै जिरी नगरपालिकाको ठूलोपातमा रहेकोे रामबोल मन्दिरमा समेत भीड लाग्नथालेको छ । कात्तिक पूर्णिमामा यस मन्दिरमा हरेक वर्ष मेला लाग्दै आएको छ । कोरोना भाइरस महामारीले गत दुई वर्षदेखि सुनसान बनेको राम्बोले मन्दिर यो वर्ष भक्तजन र पर्यटको आगमनले भरिएको थियो । पूर्णिमाको दुई दिन अघिदेखि लगातार पाँच दिनसम्म चल्ने रामबोले मेलामा दोलखालगायत छिमेकी जिल्ला रामेछाप, सिन्धुपाल्चोक, ओखलढुङ्गा, काठमाडौं र छिमेकी देश भारतलगायतका ठाउँबाट १५ हजार पर्यटक तथा दर्शनार्थीहरु आएका थिए ।
जिरी नगरपालिका–८ स्थित कालिदेवी सेतीदेवीको मन्दिरमा लाग्ने यो मेलामा देवीको दर्शन गरी बली पूजा दिए मागेको पूरा हुने जनविश्वास रहिआएको छ । मेला भर्न विभिन्न जातजातिका झाँकीहरु बाजागाजासहित डोली र सोली लिएर पुग्ने गर्छन् । राम्बोले मन्दिर तामाकोशी गाउँपालिकाको जोरमाने र जिरी नगरपालिकाको खावा बजारबाट सवारीमा पुग्न सकिन्छ भने अन्य विभिन्न पैदलमार्ग हुँदै हिँडेर पनि जाने गरिन्छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया