आईएमई जनरल र नेपाल पर्यटन बोर्डबीच सम्झौता
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्डबीच बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा आईएमई जनरलका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कर्याकारी अधिकृत धनन्जय रेग्मीले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापश्चात् नेपाल पर्यटन बोर्डका सम्पूर्ण कर्मचारीहरूको स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमालगायत सम्पत्ति तथा सवारीसाधनहरूसहित आवश्यक सम्पूर्ण निर्जीवन बीमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्नेछ । उक्त अवसरमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले पर्यटन बोर्डले नेपालमा ख्यातीप्राप्त बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आफ्नो कार्यालयसँग सम्बन्धित सम्पूर्ण निर्जीवन बीमा गर्नेगरी सम्झौता गर्न पाएकोमा आफूलाई खुशी लागेको जानकारी गराए ।
त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपाल सरकार र प्राइभेट सेक्टरको पर्यटन क्षेत्रको विकास प्रवद्र्धनको लागि कार्य गर्ने नेपालको एक मात्र संस्था नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर सम्पूर्ण निर्जीवन बीमा सेवा प्रदान गर्न पाउँदा खुशी लागेको र यसको लागि प्रमुख कार्यकारी अधिकृतलगायत पर्यटन बोर्डका सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गरे ।
त्यसैगरी श्रेष्ठले बोर्डसँग सम्बन्धित सम्पूर्ण कर्मचारी तथा सम्बन्धित संस्थाहरूलाई आवश्यक सम्पूर्ण निर्जीवन सेवा सर्व सुलभ तरिकाले प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त अवसरमा श्रेष्ठले निर्जीवन बीमा क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्ने हेतुले कम्पनीले सातवटै प्रदेशबाट सर्वसुलभ तरिकाले ग्राहकहरूलाई बीमा सेवा प्रदान गरिरहेको र कम्पनीले नयाँ–नयाँ बीमा सेवा सुरु गरी सरल बीमा र सहज दाबी भुक्तानीमा विशेष ध्यान दिइरहेको व्यहोरा जानकारी गराए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया