लुम्बिनी विकास बैंकको थप पाँच नयाँ शाखा उद्घाटन
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले एकै साथ पाँचवटा शाखा विस्तार गरेको छ । बैंकका अनुसार देशका विभिन्न ठाउँमा रहेका ग्राहकहरूलाई बैंकिङ सेवा पु-याउने उद्देश्यले आइतबारदेखि थप पाँच शाखाहरूको उद्घाटन गरिएको हो ।
नयाँ खोलिएका शाखाहरूमा ७३औँ शाखाको रूपमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ०६ नयाँ बानेश्वर चोकस्थित नयाँबानेश्वर शाखा काठमाडौं, ७४औँ शाखाको रूपमा रूपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं. ०५ स्थित मणिग्राम शाखा रूपन्देही, ७५औँ शाखाको रूपमा नवलपरासी जिल्ला बर्दघाट नगरपालिका वडा नं. ०४, बर्दघाट शाखा नवलपरासी, ७६औँ शाखाको रूपमा दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १५ वीपी चोकस्थित घोराही शाखा दाङ र ७७औ शाखाको रूपमाबाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं. ११ साझाचोकस्थित कोहलपुर शाखा रहेका छन् ।
बैंकको नयाँ बानेश्वर शाखाको उद्घाटन विकास बैंकका सञ्चालकहरू चिन्तामणि भट्टराई र अञ्जु कुमारी गुप्ताले सयुंक्त रूपमा गरेका हुुन् भने बर्दघाट शाखाको उद्घाटन बर्दघाट नगरपालिकाका उपप्रमुख मायादेवी पौडेल र बैंकका सञ्चालक केशव खतिवडाले सयुंक्तरूपमा गरेका हुुन् । मणिग्राम शाखाको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले सयुंक्तरूपमा गरेका हुुन् ।
घोराही शाखाको उद्घाटन घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकी र बैंकका सञ्चालकहरू प्रतापकुमार आचार्य तथा रामचन्द्र सिग्देलले सयुंक्तरूपमा गरको हुुन् । साथै कोहलपुर शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले सयुंक्तरूपमा गरेका हुुन् ।
हाल बैंकले सातवटै प्रदेशमा ७७ वटा शाखाहरूमार्फत ७७ अर्बको व्यवसाय गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया