नेको इन्स्योरेन्सको नवनिर्मित भवनको उद्घाटन
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेको इन्स्योरेन्स कम्पनीको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । बुधबार एक समारोहका बीच अध्यक्ष सिलवालले ज्ञानेश्वर, काठमाडौँस्थित नवनिर्मित केन्द्रीय कार्यालय ‘बीमा भवन’को उद्घाटन गरेका हुन् ।
कम्पनीको नवनिर्मित भवन ग्राहकहरूको सेवाको लागि नै निर्माण भएको कम्पनीले जनाएको छ । केन्द्रीय कार्यालय भवनको निर्माण कम्पनीको स्थायित्व र ग्राहकहरूको विश्वासको प्रतिक हो भन्ने कम्पनीको ठम्याइ छ । कम्पनीले आफ्नो नवनिर्मित आधुनिक भवनबाट ग्राहकहरूको सेवामा अझै समर्पित भई लाग्ने र सोहीअनुरूप ग्राहकहरूबाट सदाझैँ सद्भाव एवं विश्वास प्राप्त गरी रहने समेत अपेक्षा गरेको छ ।
उद्घाटन समारोहमा बीमा समितिका अध्यक्ष सिलवालले नेको इन्स्योरेन्सको आफ्नो भवन निर्माण हुनु कम्पनीको सबल पक्ष हो भन्दै कम्पनीले ग्राहकहरूको विश्वास जित्न सफल हुने विचार व्यक्त गरे । सो अवसरमा उनले बीमितहरूलाई छिटो छरितो सेवा पु-याउन समेत निर्देशन दिए ।
सो समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजुुरमण पौडेल, कम्पनीका प्रथम प्रमुख कार्यकारी अधिकृत एवं बीमा विज्ञ भोजराज शर्माको समेत उपस्थिति थियो । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवं व्यवसायी डा. उपेन्द्र महतोले मन्तव्य व्यक्त गरेको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया