महालक्ष्मी विकास बैंकद्वारा ग्राहकहरूको प्रशासनिक शुल्क फिर्ता
काठमाडौं, माघ २०
महालक्ष्मी विकास बैंकले ग्राहकहरूको प्रशासनिक शुल्क फिर्ता गरेको छ । बैंकले गुणस्तरीय सेवाप्रदान गरी ग्राहक सन्तुष्टि अभिवृद्धि गर्ने उद्देश्यसहित उद्यमशील कर्जा योजनाअन्तर्गत नियमितरूपमा कर्जाको किस्ता/ब्याज भुक्तानी गर्ने ग्राहकहरूलाई प्रशासनिक शुल्क फिर्ता गरेको हो । ग्राहकहरूले नियमितरूपमा कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमानदारिताको कदर स्वरूप बैंकले उक्त शुल्क फिर्ता गरेको हो ।
बैंकले प्रदान गरेको उक्त सुविधाबाट यस आर्थिक वर्षको असोज मसान्तसम्म करिब ६० जना ग्राहक लाभान्वित हुन सफल भएका छन् । आगामी दिनहरूमा समेत कर्जाको किस्ता/ब्याज नियमित भुक्तानी गर्ने ग्राहकहरूलाई संस्थाको नियमानुसार प्रशासनिक शुल्क फिर्ता गर्दै जाने बैंकले जनाएको छ । बैंकले हाल देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूमा एक सय दुुईवटा शाखा तथा ३५ वटा एटीएमहरूमार्फत सेवा प्रदान गरिरहेको छ भने कुुल ग्राहक संख्या पाँच लाखभन्दा बढी रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया