गणपति माइक्रोफाइनान्सको नाफा एक करोड ६६ लाख
काठमाडौं, माघ २०
गणपति माइक्रोफाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ६६ लाख १२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा एक करोड ५१ लाख ८३ हजार रूपैयाँ रहेको थियो । चुक्तापुँजी १० करोड ३५ लाख रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २८ करोड ८२ लाख ५७ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब नौ करोड ८७ लाख ४९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा चार करोड ३७ लाख आठ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ४८ लाख ९२ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात शून्य दशमलव ५९ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले १७ करोड ३९ लाख नौ हजार रूपैयाँ निक्षेप संकलन गरी ६६ करोड ६९ लाख ११ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई करोड ६७ लाख २७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ५० लाख ३८ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव १० प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जनता समाजवादी पार्टी (जसपा )विभाजित
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया