सुबास बस्नेत
दोलखा, माघ २१
जिल्लाका अधिकांश किसान तरकारिको उचित मूल्य नपाएपछि चिन्तित भएका छन् । जिल्लाको भीमेश्वर नगरपालिका क्षेत्रभित्रमा वार्षिकरूपमा चार करोडबराबरको तरकारी उत्पादन हुन्छ तर उत्पादक किसानले भने कम मूल्यमा नै बिक्री गर्नुपर्ने बाध्यता रहेको छ । किसानले उत्पादन गरेको तरकारिबाट बिचौलियाले फाइदा लिएर चर्को मूल्यमा बिक्री गर्ने गरेका छन् । तर, असली किसानले भने न्यून मूल्यमा चित बुझाउनु पर्ने बाध्यता रहेको छ ।
दोलखाको भीमेश्वर नगरपालिका वडा नं ७ मकैबारीका अधिकांश किसानले सामूहिक तथा व्यक्तिगत कृषि फर्म नै दर्ता गराएर तरकारी खेती गरिरहेका छन् । सोही गाउकी मन्जु तामाङले १५ रोपनी जग्गामा सात जातको तरकारी खेती गरेकी छन् । उनले मौषमी तथा बेमौषमी तरकारी खेती गरेकी छिन् । उनले आफूले उत्पादन गरेको तरकारी डोकोमा बोकेर चरीकोट बजार ल्याएर चालीस प्रतिशत कम मूल्यमा बेच्नुपरेको दुखेसो पोखिन् ।
उनले चरीकोट बजारमा ल्याएको काउली बिचौलियाहरूले २५ रूपैयाँ सस्तोमा किनेर बजारका सर्वसाधारणलाई ३० रूपैयाँ नाफा खाएर बेच्ने गरेका छन् । सबैले तरकारी खेती गर्ने हुँदा आफूले सस्तोमा तरकारी बेच्नुपरेको उनको भनाइ छ । किसानबाट २०/२५ रूपैयाँमा किनेको काउली बजारका बिचौलियाहरूले ६० देखि ७० रूपैयामा बिक्री गर्ने गरेका छन् । अर्गानिक खानाको रूपमा प्रयोग गरिने कोदो, फापर पनि दोब्बर मूल्यमा किनेर खानु परेको स्थानीयको भनाई छ । बैतेश्वर गाउपालिका वडा नं ३ किसान गोपी खड्काले पनि गाउमा उत्पादन गरेको कोदो, फापर, मकै, अदुवा,लगायतका उपभोग्य सामान चरीकोट ल्याएर सस्तो मूल्यमा बिक्री गर्नुपरेको बताइन् ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया