सोलुखुम्बु । सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादनमा तीन मेट्रिकटनले वृद्धि भएको छ । गतवर्ष ४२ मेट्रिकटन सुन्तला उत्पादन भएको जिल्लामा यसवर्ष ४५ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र सोलुखु्रम्बुले जनाएको छ ।
जिल्लामा १२ हेक्टर क्षेत्रफल जमिनमा सुन्तला खेती हुँदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कुल बहादुर राईले बताए । उनले भने, ‘१२ हेक्टर क्षेत्रफलमध्ये सात हेक्टरमा लगाएको सुन्तलाले उत्पादन दिँदै छ, अघिल्लो वर्ष त छ हेक्टरमा लगाइएको बिरुवाले मात्रै उत्पादन दिएको थियो, त्यही भएर पनि उत्पादन कम भयो यस वर्ष उत्पादन हुने बिरुवाको संख्या बढेको छ ।’ पछिल्लो समय गाउँघरमा कृषिमा लागेका युवापुस्ताहरूले अन्य खेतीभन्दा पनि सुन्तला, किबीलगायतका बिरुवाहरू लगाउनमा बढी केन्द्रित हुन थालेको माप्यपदुधकोशी गाउँपालिका काँकुकी पवित्रा थुलुङले बताइन् ।
उनले भनिन्, ‘फलफूल खेतीबाट कम मिहिनेतमा बढी आम्दानी हुने भएकाले कृषकहरू लागिपरेका हुन्, पहिला परम्परागत हिसाबले खेती हुन्थ्यो त्यो बेला खासै धेरै उत्पादन हुँदैन थियो त्यही भएर मान्छेहरूले खेती नै गर्न छोड्दै गएका थिए, तर पछिल्लो समय आधुनिक तवरबाट खेती गर्न थालेपछि उत्पादन बढ्यो र आम्दानी पनि बढेसँगै गाउँमा सुन्तला खेती विस्तिार गर्नेको लहर नै चलेको छ ।’
जिल्लाको थुलुङ दुधकोशी, नेचासल्यान, माप्यदुधकोशी, सोताङ, महाकुलुङलगायतका क्षेत्रमा सुन्तलाखेती हुनेगरेको छ । यहाँको सुन्तला स्वादिलो र रसिलो हुने भएकाले कोसेलीको रूपमा प्रदेश राजधानी विराटनगर र संघीय राजधानी काठमाडौँलगायतका क्षेत्रमा निर्यात हुनेगरेको ज्ञान केन्द्रले जनाएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- सगरमाथा आरोहणको यो सिजन ‘लगभग सकियो’, कस्तो रह्यो ?
- स्वस्थ्यमा समस्या देखिएपछि कैलाश सिरोहिया अस्पताल भर्ना
- गण्डकीका एक लाख १० हजार बालबालिकालाई आइपिभी खोप
- शिवशिखरका संचालक केदारनाथलाई ३३ अर्बको सम्पत्ति शुद्धीकरण
- नेपाल टेलिकमका पूर्वप्रबन्ध सञ्चालक डिल्लीराम अधिकारीले डलरमा घुस लिएको तथ्य फेला !
- कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
- मूल्य वृद्धिले उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै महासङ्घद्वारा ध्यानाकर्षण
- कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया