ग्लोबल आईएमई बैंकका नौ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले नौ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले भोजपुरको दावाँ, रामेछापको देउरालीबजार र रिष्ठे बजार, धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी र नुवाकोटको चौघडा, रूपन्देहीको भवानीपुर एवं उदयपुरको बाँकेटारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यी नौ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या दुई सय ७४ पुगेको छ ।
बैंकले भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा नं. ३, दावाँ, रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. १, देउरालीबजार तथा वडा नं. ६, रिस्ठे बजार, धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ४, पुष्पवलपुर तथा बटेश्वर गाउँपालिका वडा नं. ४, बटेश्वर, खोटाङ जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नं. ११, खार्मी, नुवाकोट जिल्लाको लिखु गाउँपालिका वडा नं. ४, चौघडा, रूपन्देही जिल्लाको देवदह नगरपालिका वडा नं. ४, भवानीपुर र उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ६, बाँकेटारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकको भोजपुर शाखाअन्तर्गत रहनेगरी दावाँमा खोलिएको सेवाको लागि प्रकाश दाहाल, दोरम्बा शाखाअन्तर्गत रहने गरी देउरालीबजारमा खोलिएको सेवाको लागि डडुवा साना किसान कृषि सहकारी संस्था लि. तथा रिस्ठे बजारमा खोलिएको सेवाको लागि मिलन थापा, ढल्केबर शाखाअन्तर्गत रहनेगरी पुष्पवलपुरमा खोलिएको सेवाको लागि राकेश कुमार महतो तथा बटेश्वरमा खोलिएको सेवाको लागि जितेन्द्र कुमार महतो सिंह, खोटाङ शाखाअन्तर्गत रहनेगरी खार्मीमा खोलिएको सेवाको लागि सुमन राई, त्रिशुली शाखाअन्तर्गत रहनेगरी चौघडामा खोलिएको सेवाको लागि देवराज राई, खैरेनी शाखाअन्तर्गत रहनेगरी भवानीपुरमा खोलिएको सेवाको लागि राजन अधिकारी र कटारी शाखाअन्तर्गत रहनेगरी बाँकेटारमा खोलिएको सेवाको लागि रामबहादुर कार्कीलाई प्रतिनिधि नियुक्त गरेको जानकारी दिएको छ ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, रेमिट्यान्स सेवा लिने, डिस होम, सीडीएमए, यूटीएल, एनटीसी महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन् । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आईएमई बैंकले ती स्थानहरूमा शाखारहित बैंकिङ सेवा सुरु गर्नेगरेको छ ।
सबैका लागि बैंक भन्ने नाराका साथ २८ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७६ जिल्लामा दुई सय ८७ वटा शाखा, दुई सय ५२ एटीएम, दुई सय ७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी आठ सय ६० भन्दा बढी सेवाकेन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया