Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ


काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा मीनभवनका अनुसार बैंकिङ कसुरका मुद्दाका फरार प्रतिवादी रमेश बहादुर पाठकलाई शुक्रबार काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरिएको हो ।

धादिङको चैनपुर घर भई हाल काठमाडौं महानगरपालिका २६ बस्दै आएका पाठकलाई उच्च अदालत पाटनको वि.सं. २०७८ मंसिर २१ गतेको फैसलाले सात लाख रुपैयाँ जरिवाना तोकिएको थियो । महाशाखाका अनुसार पाठक गिरिगाभुमी रियल स्टेट प्रालिका सञ्चालक समेत हुन् । पाठकलाई शुक्रबार नै फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको महाशाखाको भनाइ छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया