भायानेटको भायाटिभीसहित मिनी प्याकको नयाँ अफर
काठमाडौं । भायानेटले भायाटिभीसहित मिनी प्याकको नयाँ अफर सुरू गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले आठ सय रुपैयाँमा ७५ एमबीपीएसको इन्टरनेट प्याकेजको मासिक सब्स्क्रिप्सनसँगै निःशुल्क भायाटिभी प्राप्त गर्नेछन् ।
सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा चाहने ग्राहकहरूलाई लक्षित गरी भायानेटले यो मिनी प्याक उपलब्ध गराएको जनाएको छ । यस अफरमार्फत ग्राहकहरूले उच्च–गतिको इन्टरनेटको साथ–साथै मनोरञ्जनात्मक च्यानलहरू दुवैको लाभ लिन सक्नेछन् । भायाटिभीद्वारा ग्राहकहरुले एक सय ७५ प्लस च्यानलहरू, चलचित्र र टेलिशृंखलाहरू हेर्न सक्नेछन् । यसअघि भायानेटले मिनी प्याकमा ७५ एमबीपीएस हाई स्पिड इन्टरनेटसहित निःशुल्क एनसेल सिम र ४८ जीबी मोबाइल डाटा उपलब्ध गराएको थियो । ग्राहकले अझै पनि आठ सय रुपैयाँ प्रतिमहिनामा यो अफरको मज्जा लिन सक्नेछन् ।
यसबाहेक भायाटिभीको सेट–अप बक्समा ‘पज एन्ड प्ले’को सुविधा छ, जसमार्फत प्रयोगकर्ताहरूले लाइभ टिभी कार्यक्रमहरू पज गरी पछि हेर्ने फाइदा लिन सक्नेछन् । मिनी प्याकका सब्स्क्राइबरहरूले भायाटिभीको सेवा आफ्ना मोबाइल उपकरणहरूमा पनि प्राप्त गर्न सक्छन् । प्रयोगकर्ताहरूले गुगल प्लेस्टोर वा एप्पल एप स्टोरमार्फत भायाटिभी एप डाउनलोड गरी आफ्नो उपकरणहरूबाट भायाटिभीको सुविधाहरू लिन सक्नेछ्न् । उच्च–गतिको इन्टरनेटको अन्य योजनाहरूअन्तर्गत भायानेटले अल्ट्रा–फाई इन्टरनेट प्याकहरू पनि उपलब्ध गराइरहेको छ । अल्ट्रा–फाई प्याकको मुख्य विशेषता भनेको १७५ एमबीपीएस इन्टरनेट योजना हो जसको सब्स्क्रिप्सनमा दुईवटा भायाटिभीहरू पनि उपलब्ध छन् । यसको मूल्य मात्र एक हजार दुई सय ५० रुपैयाँ प्रतिमहिना छ ।
मिनी प्याकमार्फत भायानेटले सामान्य उपभोक्ताहरू मात्र नभई उच्च गतिको इन्टरनेट चाहने उपभोक्ताहरूको विशेष आवश्यकता पनि पूरा गर्ने आशा राखेको जनाएको छ । भायानेट नेपालको एक अग्रणी इन्टरनेट र टिभी सेवा प्रदायक हो । यसले आफ्ना ग्राहकहरूलाई व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि नयाँ र नवीनतम इन्टरनेट सुविधाहरू प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया