एनसीसी बैंक र सुमेरु सिटी अस्पतालबीच सम्झौता
काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक)ले ग्राहकहरू माझ विभिन्न प्रकारका सेवा सुविधाहरू प्रदान गर्दै आएको छ । यसै क्रममा ललितपुरमा अवस्थित सुमेरु सिटी अस्पतालमा बैंकका ग्राहकहरूलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ ।
सम्झौतामार्फत एनसीसी बैंकका ग्राहकहरूले ललितपुरमा अवस्थित सुमेरु सिटी अस्पतालमा बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्पmत भुक्तानी गर्दा ओपीडी टिकट, बेड चार्ज, ल्याब टेस्ट, एक्स–रे, इसीजी, इन्डोस्कोपी, कोलोनोस्कोपी, युएसजी, ईईजी, सीटी स्क्यान, पीएफटी र अन्य डायग्नोस्टिक परीक्षण र औषधिमा १० प्रतिशत प्राप्त हुनेछ ।
यसैगरी एनसीसी बैंक तथा सुमेरु अप्टिकल, पुल्चोक र कृति अप्टिकल, भैँसेपाटीबीच पनि द्विपक्षीय सम्झौता भएको छ । अप्टिकलले एनसीसी बैंकको बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्र्दा अप्टिकल्स सामग्रीमा ३० प्रतिशत, ओपीडी शुल्कमा २० प्रतिशत र अन्य क्लिनिकल शुल्कमा १० प्रतिशत छुट प्राप्त हुनेछ ।
देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले सातवटै प्रदेश गरी एक सय ३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र एक सय १४ वटा एटीएममार्फत ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरूमा पनि सक्रियरूपमा सहभागी हुँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया