पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत १७ देखि
काठमाडौं । पाँचौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत १७ देखि २१ सम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक रुपमा हुने भएको छ । यसअघि चैत १० देखि १४ गतेसम्म हुने भएको उक्त महोत्सव प्राविधिक कारणले मिति परिवर्तन गरिएको सोमबार एक पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ ।
गत वर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण अन्तिम समयमा आएर भच्र्युअल रुपमा गरिएको थियो । यस वर्ष पनि कोरोना जोखिमको कारण महोत्सव भर्चुअल गर्ने तयारी गरिएको तर कोरोनाको जोखिम कम हुनुका साथै राज्यले पनि सबै गतिविधिहरुलाई खुला गरेको कारण तयारीको लागि छोटो समय हुँदा पनि भौतिक रुपमा गर्न गइरहेको फेस्टिभल चेयरमेन केपी पाठकले बताए ।
पत्रकार सम्मेलनमा महोत्सवको सहआयोजक नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले राज्य गर्नुपर्ने चलचित्रसम्बन्धी यस्ता अन्तर्राष्ट्रिय महोत्सव निजी क्षेत्रबाट हुनु आफैँमा ठूलो उपलब्धि भएको बताए । उनले बोर्डले निफलाई सरकारीस्तरबाटै सहयोग जुटाउन प्रयत्न गरिरहेको समेत जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया