महालक्ष्मी विकास बैंकका अध्यक्षद्वारा शपथ
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको फागुन १३ गते सम्पन्न भएको २०औँ वार्षिक साधारणसभाबाट संस्थापक समूह (क) बाट राजेश उपाध्याय, सञ्जय गिरी र दिपककुमार रौनियार सर्वसाधारण समूह (ख) बाट श्यामसुन्दर रुङटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल सञ्चालक पदमा निर्वाचित भएको र सोही दिन बसेको सञ्चालक समितिको पाँच सय १८औँ बैठकले राजेश उपाध्यायलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम सोमबार नेपाल राष्ट्र बैंकमा आयोजित एक विशेष समारोहबीच राजेश उपाध्यायलाई डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले पद तथा गोपनीयताको शपथ गराएकी हुन् । साथै सोही मितिमा बसेको सञ्चालक समितिको पाँच सय १९औँ बैठकबाट सञ्चालक पदमा सञ्जय गिरी, दिपककुमार रौनियार, श्याम सुन्दर रुङटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेललाई अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनीयताको शपथ गराएका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया