माले । रुसी अर्बपतिहरुको विलासी पानीजहाज (सुपरयाट) हरु माल्दिभ्सतिर लागेका छन् । अमेरिका र युरोपेली राष्ट्रहरुले रुसले युक्रेनमाथि आक्रमण गरेको विरोधमा भारी प्रतिबन्ध लगाएसँगै त्यो छल्न रुसी अर्बपतिका महंगा र विलासी पानीजहाज माल्दिभ्स लागेका हुन् ।
रोयटर्सका अनुसार अमेरिकासँग सुपुर्दगी सन्धि नभएको माल्दिभ्समा बुधबार कम्तीमा पाँचवटा रुसी अर्बपतिका सुपरयाट गएको शिप ट्राकिङ डेटाहरुले देखाएका छन् । बुधबार म्यागजिन फोर्ब्सका अनुसार जर्मनीले रुसी अर्बपति एलिशर उस्मानोभको विशाल याट ह्यामबर्ग शिपयार्डमा जफत गरेको थियो ।
उस्मानोभ पनि युरोपी संघले सोमबार लगाएको प्रतिबन्धको सूचीमा छन् । जर्मनीले जफत गरेको सुपरयाट ५१२ फुट लामो र ६० करोड डलर मूल्यबराबरको रहेको छ । यसअघि सन् २०१८ मै अमेरिकाले प्रतिबन्ध लगाएका आल्मुनियम कम्पनी रुसलका संस्थापक ओले डेरिपास्काको स्वामित्व रहेको क्लियो सुपरयाट बुधबार माले गइरहेको मारिनट्राफिकले जनाएको छ ।यसबाहेक स्टिल उत्पादक एभ्राजका सहसंस्थापक अलेक्जेन्डर अब्रामोभको जहाज द टिटान गत फेब्रुअरी २८ मा माले आइपुगेको थियो ।
तीबाहेक तीन अरु रुसी अर्बपतिका याटहरु माल्दिभ्समा देखिएका थिए । त्यसमा ८८ मिटरको रुसी धनाढ्य भ्लादिमिर पोटानिनको निर्वाणा जहाज समेत रहेको छ । माल्दिभ्स सरकारले भने यसबारे केही नभनेको बताइएको छ । अमेरिकाले प्रतिबन्ध लगाइएकाहरुको सम्पत्तिमा कडा निगरानी गर्ने जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नीति तथा कार्यक्रमको लागि बिज्ञ समुह संग छलफल गर्दै मन्त्री श्रेष्ठ
- नेवार र तामाङ भाषा बागमती प्रदेशभित्र सरकारी कामकाजमा
- नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक नयाँबानेश्वरमा
- संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
- जापानी विदेशमन्त्री योको कामिकावाको भ्रमण कोशेढुंगा बनोस्
- किन लाग्छ गभर्नरमाथि पुँजीबजार विरोधीको आरोप ?
- योजनाका लक्ष्य भेट्न धरातल बनाऔँ
- दि नेपाल डिस्टिलरिजले उखु खेती र कृषिको बृहत्तर विकासका लागि सहकार्य गर्ने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया