शुक्लाफाँटामा साक्षर बनाउन अभियान सञ्चालन
कञ्चनपुर, माघ २७
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नगरभरिका निरक्षर व्यक्तिहरुलाई साक्षर बनाउनका लागि साक्षर अभियान सञ्चालन गर्ने भएको छ । नगरपालिकामा रहेका जम्मा दुई हजार आठ सय ८२ निरक्षर व्यक्तिलाई साक्षर बनाउन साक्षर अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकामा रहेका दुई सामुदायिक अध्ययन केन्द्रमार्फत नगरपालिकाका १२ वटै वडाका साक्षर हुन बाँकी सबै नागरिकका लागि साक्षरता अभियान सञ्चालन गर्न लागेको हो । कार्यक्रमअन्तर्गत १५ देखि ६० वर्ष उमेर समूहका निरक्षरलाई साक्षर बनाउनका लागि ८८ वटा कक्षामार्फत साक्षर बनाईने नगरपालिकाको प्रवक्ता जगत बहादुर सिंहले बताए ।
‘निरक्षरलाई साक्षर बनाउनका लागि सहजकर्ता छनौट गरी कक्षा सञ्चालनको तयारी सुरु गरेका छौं,’ उनले भने, ‘नगरपालिका क्षेत्रमा रहेका सबै निरक्षर महिला पुरुषलाई साक्षर बनाउँछौँ । २८ गते नगरसभा बस्दै छ त्यसबाट २ गते वा ५ गते कहिलेदेखि सञ्चालन गर्ने भन्नेबारे निर्णय हुन्छ ।’
आगामी फागुन ५ गतेदेखि निरक्षर व्यक्तिहरुका लागि कक्षा सञ्चालन गरिने र सबै निरक्षर नागरिकलाई साक्षर बनाएपछि नगरलाई साक्षर क्षेत्र घोषणा गरिने सिहँले जानकारी दिए । उनका अनुसार प्रशिक्षकका लागि सिकाउने शिक्षकको नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । चाँडै त्यसको टुङ्गो लगाएर अभियान सुरु गरिनेछ ।
साक्षरता कक्षा सञ्चालनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले १० लाख र शुक्लाफाँटा नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त विनियोजित बजेटबाट साक्षरता कक्षामा सहभागी हुने नागरिकका लागि मसलन्द र कापी/किताब खरिद गरिनुका साथै सहजकर्ताको पारिश्रमिकका लागि खर्च गरिने बताइएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया