द्वन्द्वपीडितका लागि बजेट छुट्याउनु पर्ने माग
बाँके, माघ २९
द्वन्द्वपीडितहरूका लागि बजेट विनियोजन गरी परिपुरणका कार्यक्रम ल्याउन नेपालगञ्ज उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाइएको छ । संक्रमणकालीन न्यायका क्षेत्रका कार्यरत विभिन्न मानवअधिकारवादी संघसंस्थाहरूको सञ्जाल समावेसी संक्रमणकालीन न्याय मेलमिलाप तथा द्वन्द्व समाधानका लागि जिल्ला सञ्जाल बाँकेका तर्फबाट ज्ञापनपत्र बुझाइएको हो ।
सञ्जालकी संयोजक चन्द्रकला उप्रेतीले १३ बुँदे मागसहितको मेयर डा. धवल समशेर राणासमक्ष बुझाइएको ज्ञापनपत्रमा द्वन्द्व सकिएको वर्षौँ हुँदासमेत द्वन्द्वपीडितहरूले न्यायको अनुभूति गर्न नसकेको भन्दै स्थानीय सरकारका हैसियतले उपमहागरपालिकाले पीडितका लागि परिपुरणका कार्यक्रम ल्याउन माग गरिएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा उपप्रमुख उमा थापामगर, नेपाल बार एशोसिएसनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष एवं महिला कानुन र विकास मञ्चका क्षेत्रीय संयोजक सुनिलकुमार श्रेष्ठ, जिल्ला संयोजक अधिवक्ता वसन्त गौतम, इन्सेकका कार्यक्रम संयोजक सरस्वती मल्ल, द्वन्द्वपीडितहरू सुनिता पाठक, गीता शाहलगायतको उपस्थिति रहेको थियो ।
ज्ञापनपत्र ग्रहण गर्दै नगरप्रमुख डा. धवल समशेर राणाले ज्ञापनपत्रउपर आवश्यक सुनुवाइ गर्ने बताए । सञ्जालद्वारा बुझाइएको ज्ञापनपत्रमा द्वन्द्वपीडितको एकिन तथ्यांक संकलन गरी उनीहरूले भोग्दै आएका समस्या सम्बोधनका लागि नगरपालिकाबाट ठोस कार्यक्रम ल्याउन माग गरिएको छ । संक्रमणकालीन न्याय, द्वन्द्व व्यवस्थापन, पीडितहरूको न्यायको अनुभूतिका लागि उपमहानगरपालिकाले योजना तर्जुमा र बजेट विनियोजन गर्दा द्वन्द्वपीडितहरूलाई लक्षित वर्ग मानी उनीहरूको सवाल सम्बोधनका लागि आवश्यक बजेट विनियोजन गर्न ज्ञापनपत्रमार्फत सञ्जालले माग गरेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया