मेलम्ची आयोजनाको काम ९५ दशमलव १२ प्रतिशत
काठमाडौं, फागुन २
मेलम्ची आयोजनालको भौतिक काम ९५ दशमलव १२ प्रतिशत भइसकेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समितिले बिहीबार श्वेतपत्र सार्वजनिक गर्दै आगामी असारमासम्म काम सकिने बताएको हो । खानेपानी मन्त्री मगरले सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा आयोजनाको श्वेतपत्र सार्वजनिक गरेकी थिइन् । स्वेतपत्रमा आर्थिक वर्ष ०७६/७७ भित्र अर्थात् आगामी असार मसान्तसम्म मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ परीक्षण र सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै सुन्दरीजल पोर्टलदेखि पानी प्रशोधन केन्द्र तथा बागमती नदीसम्मको आयोजनाको काम पनि असारभित्रै सक्ने भनिएको छ । इटालीको ठेकेदार कम्पनी सीएमसीले काम छाडेपछि मेलम्ची आयोजना केही समय अलपत्र बनेको थियो । सरकारले अहिले चिनियाँ कम्पनी सीनो हाइड्रोलाई काम गर्न जिम्मा दिएको छ । आयोजनाको कुल बजेट ३१ अर्ब ३६ करोडमध्ये २८ अर्ब १२ करोड रुपैयाँ बजेट खर्च भइसकेको छ । ठेकेदार कम्पनी सिनो हाइड्रोले सुरुङतर्फको जटिल मानिएको कामहरु तीब्र रुपमा अघि बढाएकाले लक्ष्यअनुसार आयोजना सम्पन्न हुने समितिले बताएको छ ।
गत १२ असोजमा सरकारले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क (बाँधस्थल) निर्माणको लागि १५ महिनामा काम सक्ने गरी चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरेको थियो । सोही कम्पनीसँग सरकारले सुरुङमार्गको बाँकी काम १२ महिनामा सक्ने गरी सम्झौता गरेको थियो । आयोजनाले सिनोलाई समय आगावै काम सके दिनको ०.०१५ प्रतिशत प्रोत्साहन भत्ता दिने गरी सम्झौता गरेको छ ।
यदि काममा ढिलाइ भए सिनोले पनि ढिला भएको दिनको गणना गरेर प्रतिदिन त्यतिकै दरले जरिवाना तिर्नुपर्नेछ । सिनोले सुरुङमार्गतर्फ सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार, ग्याल्थुमको पहुँचमार्ग, पुलको पुनर्निर्माण, क्याम्पहरुको मर्मत सुधारलगायतका काम गर्नुपर्छ । हेडवर्कसतर्फ पानी थुन्ने इन्टेक संरचना, पहुँच मार्गको सुधार, कफर ड्यामको डिजाइन र निर्माण, पहुँचमार्गको स्टिल ब्रिजको निर्माण, क्याम्प साइटको मर्मत, फ्लसिङ सिस्टमको जडानलगायतका काम गर्नुपर्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया