सेनाद्वारा सेती नदीको खोँचमा खसेका व्यक्तिको उद्धार
काठमाडौं । नेपाली सेनाले सेती नदीको खोँचमा खसेका एक व्यक्तिको सकुशल उद्धार गरेको छ । यही वैशाख ३० गते पोखरा महानगरपालिका वडा नं. ७ घारिपाटनस्थित सेती नदिको किनारमा एक जना पुरुष (प्युठान जिल्ला, गौमुखी गाउँपालिका वडा नं. ३ घर भई हाल पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँ गाउँ बस्ने, वर्ष ३२ को विशाल थापा मगर) माछा मार्ने क्रममा चिप्लिएर सेती नदीको खोँच (करिब २०/२५ मिटर तल) मा फसेको अवस्थामा नेपाली सेनाको डिजास्टर एसिस्टेन्स रेस्पोन्स टिम (डीएआरटी) नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सहयोगमा, विशेष इक्विप्मेन्टबाट रोप बनाई -याप्लिङ गरी उद्धार गरेको सेनाले जानकारी दिएको छ ।
उद्धार गरिएका थापाको दाहिने खुट्टा भाँचिएको अवस्थामा रहेको हुँदा नेपाली सेनाको मेडिकल टिमबाट प्राथमिक उपचार गरी, थप उपचारको लागि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको नेपाली सेनाले जानकारी दिएको छ । साथै, मिति २०७९ वैशाख २९ गते धनगढीबाट बाजुरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३१०८ नम्बरको यात्रु बाहक बस डोटी जिल्ला, पूर्वीचौकी गाउँपालिका वडा नं. ४ स्थित सानागाउँ इलाका प्रहरी कार्यालयबाट करिब सय मिटर अगाडि, सडकबाट २० मिटर तल खसी, दुर्घटना भएको खबर प्राप्त भएपश्चात् नेपाली सेनाको टोली परिचालन भई नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सहयोगमा उद्धार कार्य गरेको सेनाले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- महासंघद्वारा क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमणको प्रयास गर्नेविरुद्ध कारबाहीको माग
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ : श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया