सोलुखुम्बु । यो सिजनको सगरमाथा आरोहण करिब अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८० प्रतिशत आरोहण दलको अभियान सकिएको पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायले जानकारी दिए ।
उनका अनुसार केही टोली आरोहण सकेर काठमाडौं फर्किएर पर्यटन विभागमा ब्रिफिङ समेत गरिसकेका छन् । केही टोली भने आरोहणकै सिलसिलामा छन् । यस्तै आरोहणको क्रममा एक विदेशी र एक नेपाली गरी दुई जनाको ज्यान गएको छ । यस सिजनमा सगरमाथा आरोहण गर्ने क्रममा एक नेपाली सहयोगी र एक विदेशी आरोहीको ज्यान गएको हो । पर्यटन विभागका निर्देशक उपाध्यायका अनुसार कञ्चनजंघामा पनि एक भारतीय र धौलागिरिमा एक नेपाली सहयोगीको ज्यान गएको छ । ज्यान जानुको कारण खुल्न बाँकी रहेको उनले बताए । यसपालि आरोहीका लागि मौसमअनुकूल नै भएको निर्देशक उपाध्यायले बताए । ‘यो वर्ष हिमालमा तुलनात्मकरूपमा कम मानवीय क्षति भएको छ’, उनले भने, ‘यसो हुनुमा फटाफट आरोहण हुनु र मौसमले पनि साथ दिनु हो ।’ यस वर्ष आरोहीहरूका लागि मौसमअनुकूल नै देखिएको उपाध्यायले बताए ।
आरोहण दरमा वृद्धि : यो वर्षअनुकूल मौसम र ठूलो अप्रिय घटना नभएका कारण आरोहीको सफलता दर पनि बढिरहेको निर्देशक उपाध्यायले बताए । यसको विस्तृत विवरण भने सबै आरोही काठमाडौं फर्किएर सम्पर्क अधिकृतले दिने विवरण पछि निश्चित हुने उनको भनाइ छ । यो वर्ष कुल एक सय २३ समूहका नौ सय ६८ जना आरोहीले हिमाल चढ्न अनुमति लिएका थिए । यसमध्ये सात सय ५८ जना पुरुष र दुई सय १० जना महिला थिए ।
यो वर्ष कुल २७ वटा हिमालमा आरोहण अनुमति जारी भएको थियो । यसमध्ये सगरमाथामा मात्र ४२ समूहका तीन सय १९ जनाले अनुमति लिएका थिए । पर्यटन विभागका अनुसार यो सिजनमा सरकारले ४८ करोड रुपैयाँ रोयल्टी संकलन गर्न सफल भएको छ । जसमध्ये सबैभन्दा धेरै ३९ करोड ९५ लाख रुपैयाँ रोयल्टी सगरमाथाबाट उठेको छ । ल्होत्से हिमालबाट दुई करोड ८४ लाख र कन्चनजंगा हिमालबाट एक करोड ३० लाख रुपैयाँ रोयल्टी उठेको विभागले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया