एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता
काठमाडौं । एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेडबीच क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । आइडिया टु आइपीओ सेवाअन्तर्गत संस्थागत परामर्श सेवासहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।
एनआईसी एसिया क्यापिटलले आइडिया टु आईपीओ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापनादेखि आईपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ । सोही सेवाअन्तर्गत ९ दशमलव ५ मेगावाटको मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ जारी गर्ने चरणमा पु-याई निकट भविष्यमा सर्वसाधारणहरूमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरूसहित) जारी गर्नुपर्ने साधारण सेयरको सार्वजनिक निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएको व्यहोरा कम्पनीले जानकारी दिएको छ ।
क्यापिटलले आइडिया टु आईपीओ सेवाअन्तर्गत कुनै पनि कम्पनीलाई तत्काल आईपीओ जारी गर्न नसक्ने अवस्था देखिएमा त्यस्ता कम्पनीहरूको आईपीओ जारी गर्दा पूरा गर्नुपर्ने सम्पूर्ण कानुनी प्रक्रिया तथा तयार गर्नुपर्ने सम्पूर्ण कागजातको सम्बन्धमा आवश्यक परामर्श तथा मार्गदर्शन दिई यथाशीघ्र आईपीओ जारी गर्न योग्य कम्पनी बनाउन महत्वपूर्ण योगदान प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया