लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुम जाँदा सलमान खान शोको टिकट पाइने
काठमाडौं । नेपाली बजारमा उपलब्ध प्रसिद्ध चिनियाँ इलेक्ट्रिक स्कुटर लेभ्निङको शोरुम भ्रमण गर्दा समेत सलमान खान शोको टिकट पाउन सकिने भएको छ । त्यसैगरी एक जनाले लेभ्निङ इलेक्ट्रिक स्कुटर समेत पाउन सक्नेछन् । नेपालका लागि लेभ्निङ इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक बज्र ग्रुपअन्तर्गतको ईभी नेपाल मोटर्सले यो स्किम ल्याएको हो ।
यसअनुसार लेभ्निङका कुनै पनि शोरुम भिजिट गर्दा लक्की ड्रमार्फत दुईवटा सलमान खान शोको टिकट पाउन सकिनेछ भने बम्परमा एक जनाले सो इलेक्ट्रिक स्कुटर पाउनेछन् । शोरुममा गएर ग्राहकले स्कुटर टेस्ट राइड गर्नुका साथै एउटा फारम भर्नुपर्नेछ । आगामी मे २८ अर्थात् जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने ‘टुबोर्ग द–बङ द टुर – रिलोडेड’ नामक सलमान खान शोलाई लक्षित गरी यो स्किम ल्याएको बताइएको छ । नेपाली बजारमा लेभ्निङका विभिन्न मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । बज्र ग्रुपले नेपाली बजारमा ३० वर्षभन्दा लामो समयदेखि सेवा प्रदान गर्दै आएको छ । लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरणका लागि यसका देशभर पाँच सयभन्दा बढी दक्ष कर्मचारीहरुको समूह छ । १० भन्दा बढी डिलर र सात भन्दा बढी सर्भिस प्वाइन्टमार्फत यसले सेवा प्रदान गरिरहेको छ ।
चीनको सांघाईदेखि १६० किलोमिटर टाढा रहेको जियाङसु प्रान्तको चाङझाउ सहरमा अवस्थित लेभ्निङ ई–बाइकको स्थापना सन् १९९९ मा भएको थियो । लेभ्निङ ई–बाइकले नै लेभ्निङ कम्पनीको स्थापना गरेको थियो । यो चीनको तेस्रो सबैभन्दा ठूलो ईभी उत्पादक कम्पनी हो । यो दुईपांग्रे सवारीका सबै रेन्ज प्रदान गर्ने एक मात्र कम्पनी हो र वार्षिक रुपमा ३० लाख युनिट सवारीसाधन उत्पादन गर्छ । त्यसैगरी यो कम्प्पनीका उत्पादन विश्वका ६० भन्दा बढी देशमा निर्यात हुन्छन् र यसरी निर्यात गर्ने दोस्रो ठूलो कम्पनी हो ।
ग्राहक सन्तुष्टिको आधारमा यो कम्पनीले पहिलो स्थान हासिल गरेको छ र जेडी पावरद्वारा यसका लागि चार पटक पुरस्कृत भइसकेको छ । चीनमा यो कम्पनीका पाँच हजारभन्दा बढी आउटलेट सञ्चालित छन् । नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य एक लाख १० हजार देखि पाँच लाख ५९ हजार रुपैयाँसम्म छ ।
काठमाडौं उपत्यकाको नक्साल, भैसेपाटी र बाफल, पाटनका साथै उपत्यकाबाहिर धनगढी, पाल्पा, पोखरा साथै नेपालको २० नयाँ सहरमा चाँडै नयाँ शोरुम सञ्चालनमा आउन लागेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया