लुम्बिनी विकास बैंकका तीन नयाँ शाखा
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले थप तीनवटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले देशका विभिन्न ठाउँमा बैंकिङ सेवा पु¥याउने उद्देश्यले बिहीबार थप तीनवटा शाखाहरूको उद्घाटन गरेको जानकारी दिएको छ । नयाँ खोलिएका शाखाहरूमा ८४औँ शाखाको रूपमा कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका वडा नं. २ स्थित बाणी शाखा, ८५औँ शाखाको रूपमा कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नं. १ स्थित लम्की शाखा र ८६औँ शाखाको रूपमा कैलाली जिल्ला गौरीगंगा नगरपालिका वडा नं. ७ स्थित मसुरिया शाखा रहेका छन् ।
बैंकका अनुसार वाणी शाखाको उद्घाटन विकास बैंकका सञ्चालक चिन्तामणि भट्टराई र कृष्णपुर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख हेमराज ओझाले संयुक्तरूपमा गरेका हुन् । त्यस्तै लम्की शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसाल, लम्कीचुहा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख सुशिला शाही र उद्योग वाणिज्य संघ लम्कीचुहाका निवर्तमान अध्यक्ष पदमराज चौलागाईँले संयुक्तरूपमा गरेका हुन् । साथै मसुरिया शाखाको उद्घाटन विकास बैंकका सञ्चालक केशव खतिवडा र गौरीगंगा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख देविदत्त कँडेलले संयुक्तरूपमा गरेका हुन् ।
देशका सातवटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको बैंकले थप तीनवटा नयाँ शाखाहरूको उद्घाटन भएसँगै सुदूरपश्चिम प्रदेशमा समेत बैंकको राम्रो उपस्थिति भएको छ । बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरूसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकहरूलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा ‘मासिक’ रूपमा ब्याज प्रदान गर्ने विशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया