गल्याङ बल्पुकको कृषक समूह च्याउ खेतीमा आकर्षित
गल्याङ, फागुन ६
स्याङ्जाको गल्याङ नगरपालिका ३, वल्पुकका किसान च्याउ खेतीप्रति आकर्षित भएका छन् । बल्पुक कृषक समूहमा आबद्व कृषकहरु च्याउ खेतीतर्फ आकर्षित भएका हुन् । समूहमा आबद्व किसानहरुलाई यसअघि गल्याङ नगरपालिकाले निःशुल्क रुपमा च्याउको बीउ वितरण गरेको थियो । नगरपालिकाले वितरण गरेको च्याउको बीउबाट घरमा खान मात्रै नभई बिक्रीवितरण गर्न समेत पुगेपछि कृषक समूहले अहिले आफैँ बीउ खरिद गरी च्याउ लगाउने काम सुरु गरेको छ । उत्पादन राम्रो भएमा बजारको कुनै समस्या नभएको समूहका अध्यक्ष नमकला बस्यालले बताइन् । १५ जना स्थानीय कृषक रहेको समूहमा अहिले व्यावसायिक रुपमा नै च्याउ खेती गर्नका लागि तयारी थालिएको उनले जानकारी दिइन् ।
आइतबार च्याउबाट धेरै उत्पादन गर्ने तरिकाबारे जानकारी लिदै स्थानीय कृषकहरुले च्याउको उत्पादनलाई अझै बढाउने बताएका छन् । गल्याङ नगरपालिका कृषि शाखा प्रमुख शिव ढकालले च्याउका लागि पराल बनाउने, डल्ला पार्ने, विउ राख्ने तरिका सिकाएका थिए । यसअघि तालिमविना लगाइएको च्याउ खेतीबाट पनि राम्रो आम्दानी भएकोमा अब केही सीपको विकास भएकाले आफूहरुमा अझै उत्साह थपिएको समूहकी अध्यक्ष बस्यालले बताइन् । ढकालले वल्पुुकका कृषकमा च्याउ खेतीप्रति आकर्षण बढेको भन्दै उत्साही किसानलाई नगरपालिकाले सक्दो सहयोग गर्ने बताए । स्थानीय कृषकहरुका लागि यस्ता कार्यक्रम प्रभावकारी रहने भन्दै उनले किसानको आग्रहमा आफू सम्बन्धित ठाउँमा नै पुगेर आवश्यक सीप प्रदान गरेको बताए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया