द ब्रिटिस मोडल कलेजका विद्यार्थीहरु र पर्वतारोही एड्रियानाबीच अन्तरक्रिया
काठमाडौं । ब्रिटिस पर्वतारोही एड्रियाना ब्राउनली र द ब्रिटिस कलेजको भगिनी संस्था द ब्रिटिस मोडल कलेजका ए लेभल विद्यार्थीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उनले विद्यार्थीहरुसँग आफ्नो अनुभवबारे चर्चा गरिन्।
कार्यक्रममा द ब्रिटिस कलेजका डाइरेक्टर महेन्द्र कँडेल र फ्याकल्टीको उपस्थिति रहेको थियो । डाइरेक्टर कँडेलले ब्राउनलीलाई स्वागत गरेका थिए । ब्राउनली केबल २१ वर्षको उमेरमा नै विश्वका १४ अग्ला हिमालहरु आरोहण गर्ने सबैभन्दा कान्छी आरोही बन्ने अभियानमा रहेकी छन् ।
विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै उनले भनिन्,‘म आठ वर्षको हुँदा पहिलो पटक मेरो बुबाले नै पदयात्रा सुरु गर्न प्रोत्साहन गर्नु भएको थियो । सोही प्रेरणका कारण दस वर्ष पुग्नुअघि नै मैले समुदायमा कीर्तिमान तोड्न सफल भए ।’
अन्य पर्वतारोहीको मिसन जस्तै एभरेष्ट उनको सुचीमा थियो । हालै मात्र ६ महिनामा सबै १४ हजार ८०० मिटर हिमालहरुको सफल पर्वतारोहण गरेर विश्व कीर्तिमान तोडेका नेपाली पर्वतारोही निम्ससँग उनले आरोहण गरेकी थिइन् ।
हालै उनले बनाएको कीर्तिमानलाई लिएर नेटफिल्क्सले १४ पिक्स डकुमेन्ट्री बनाएको थियो । ब्राउनलीले भनिन्,‘ निम्सले नै मलाई ८००० को सगरमाथा आरोहण गर्ने सबैभन्दा कान्छी पदयात्राको अभियान सुरु गर्न प्रोत्साहित गर्नुभएको थियो । नतिजास्वरुप आज म यो मिसनको मध्यतिर छु ।’
उनले अगाडि भनिन्,‘मैले हालसम्म सातवटा मिसन पुरा गरिसकेकी छु । १२ जुनमा म मेरो दोस्रो चरणको मिसनका लागि पाकिस्तान पुग्दैछु जहाँ मैले नाङ्गा पर्वत, केटु र ब्रोड पिकको आरोहण गर्ने मिसन छ । अर्को समरसम्म मैले यी चार हिमाल चढ्ने मिसन रहेको छ ।’
उनले बीएमसीमा आफ्नो अनुभव सेयर गर्दै भनिन्,‘विश्वभरि आरोहण बाहेक, मेरो कथाबाट प्रेरित हुन सक्ने मानिसहरूलाई भेट्न र उनीहरु माझ आफुलाई उभ्याउन मलाई मनपर्छ ।’
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया